आईतवार, जेष्ठ ३,२०८३ 09:54:05
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:54:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पूर्वाधार विकासमा अवरोध नर्गन महासंघ अध्यक्ष ढकालको आग्रह

Laxmi Sunrise Bank Limited
पूर्वाधार विकासमा अवरोध नर्गन महासंघ अध्यक्ष ढकालको आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि बहानामा पूर्वाधार विकासमा अवरोध नर्गन आग्रह गरेका छन् । उनले विकासलाई राजनीति र धर्म भन्दा माथी राखेर हेर्न राजनीतिक दल तथा आम नागरिकलाई आग्रह समेत गरे ।

सरकारले आर्थिक विकासको लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने र लगानीमैत्री वातावरण बनाउने भनिरहेको सन्र्दभमा पछिल्लो समय पूर्वाधारको विकास रोक्न विभिन्न तहबाट भइरहेका गतिविधिहरु खेदजनक रहेको अध्यक्ष  ढकालले बताए ।  

काठमाण्डौको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु भएको ‘क्यान इन्फोटेकको ३० औं संस्करणको उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष ढकालले विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुने धारणा राखे ।  

Bizshala
New Office
CG Motors

पाथिभरा केवलकार परियोजनाको बारेमा पछिल्ला समय भइरहेका विरोध तथा टिप्पणी प्रति लक्षित गर्दै उनले भने, ‘एकातिर हामीले विकासको लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउने कुरा गरिरहेका छौं, अर्कोतर्फ पूर्वाधार विकासमा भइरहेका लगानीलाई विभिन्न बहानामा रोक्ने र नकारात्मक टिप्पणी गर्ने गरेका छौं । यसबाट लगानीको वातावारण मात्रै बिग्रिने होईन, स्वदेशमै रोजगारी सिर्जना गर्ने र रोजगारकिा लागि विदेशिएका युवाहरुलाई नेपालमै रोक्ने अभियानलाई समेत अवरोध गरेका छौं ।’    

आफुले नेपालमा रोजगारी सिर्जना होस् भनेर काम गरिरहेको अवस्थामा विभिन्न नाममा विरोध हुनु दुःखद भएको बताउँदै उनले पाथिभरा केवलकार परियोजनाले कुनै धर्म संस्कृतिलाई असर गर्ने भन्दा पनि त्यसको प्रवद्र्धनमा सघाउ पुर्‍याउने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षणमा सघाउ पुर्‍याउने बताए ।

Garima Development Bank
Shivam Cement
IME remit

‘म आफुपनि कुनै बेला कामको लागि विदेश गएको हुँ । नेपालमै केही गर्नुपर्छ भन्ने भावना बोकेर नेपाल फर्किएर केही गरिरहेको छु । हजारौंलाई रोजगारी दिएको छु । अहिले पनि नेपाली युवाहरु खाडी र मलेशियामा दुख गर्न बाध्य छन् । पाथीभरामा केवलकार बन्दा स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । केही हजार युवालाई मुलुकभित्रै अवसर सृजना गर्न सकिन्छ,’ उनले भने ।

उनले सोही केवलकारको विषयलाई लिएर नेपालको बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अनावश्यक विवादमा तान्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्ता गतिविधिले आन्तरिक तथा बाह्य लगानीलाई निरुत्साहित गर्ने धारणा राखे । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.