मंगलवार, जेष्ठ ५,२०८३ 05:32:40
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:32:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमाशुल्क आर्जनमा सुधार आएसँगै ८६.७८% ले बढ्यो सिटिजन लाइफको नाफा

Laxmi Sunrise Bank Limited
बीमाशुल्क आर्जनमा सुधार आएसँगै ८६.७८% ले बढ्यो सिटिजन लाइफको नाफा
Shivam Cement

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमाशुल्क आर्जन बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८६.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २३.६९ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ५७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ९५ करोड ६ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट ९० लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड ७२ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी भने ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ६० करोड रुपैयाँ थियो।

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ९५ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ३ अर्ब २३ करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १९ करोड २८ लाख रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख सञ्चित छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८१.८२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६२४.६१ रुपैयाँ र पीई अनुपात ५९.२४ गुणा कायम भएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.