बुधबार, जेष्ठ ६,२०८३ 05:52:11
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:52:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शुक्रबारदेखि ‘नेपाल एग्रीटेक फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ हुँदै

Laxmi Sunrise Bank Limited
शुक्रबारदेखि ‘नेपाल एग्रीटेक फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ हुँदै
Shivam Cement

काठमाण्डौ । ‘सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ यही फागुन २, ३ र ४ गते काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । एक्स्पोमा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहने छन् । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रालि,फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले संयुक्त रुपमा उक्त एक्स्पो गर्न लागेको हो ।  

यस प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्वकको मुख्य भुमिकाको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि तथा राष्ट्रिय कृषक समुह महासंघ नेपाल रहेका छन् ।

Bizshala
New Office
CG Motors

 निःशुल्क प्रवेश

प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ । सबैको लागि निशुल्क प्रवेशको ब्यबस्था मिलाइएको प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

कृषि र प्रविधिका फरक फरक स्टल समुह रहने  

 यस प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मुख्य प्रदर्शनी स्थलमा सबै बिधाका अलग अलग समूह स्टल रहने छन् । मेलामा अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरि व्यवस्था मिलाइएको छ । यसलाई ‘प्रदर्शनी भित्रको प्रदर्शनी’ पनि भन्न सकिन्छ ।

 यस प्रर्दशनीमा देशै भरिका अगुवा किसान दाजुभाइ, अगुवा कृषकहरु, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, निति निर्माता, व्यवसायी, उधमी, व्यापारी, आयातकता, निर्यातकर्ता, सरकारी तथा गैर–सरकारी संस्थाहरु, बैंक तथा  बित्तिय संस्थाहरु, अनुसन्धान कर्ता, शिक्षक, विद्यार्थी, शिक्षण संस्थाहरु को विशेष उपस्थिति हुने भएको छ । यस्तै देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X