मंगलवार, जेष्ठ ५,२०८३ 04:44:05
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:44:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मेक्सिको र क्यानडामाथि घोषित भन्सार शुल्कका कारण अमेरिकामा कारको मूल्य ६ हजार डलरसम्म बढ्ने

Laxmi Sunrise Bank Limited
मेक्सिको र क्यानडामाथि घोषित भन्सार शुल्कका कारण अमेरिकामा कारको मूल्य ६ हजार डलरसम्म बढ्ने
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित  भन्सार शुल्क बढाउने निर्णय कार्यान्वयनमा आए अमेरिकामा नयाँ कारको मूल्य करिब ६ हजार डलरसम्मले बढ्ने भएको छ । अमेरिकी इन्भेष्टमेन्ट कम्पनी बेन्चमार्क कर्पोरेशनले गरेको अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।  

विश्लेषक कोडी एक्रीले प्रति युनिट कारको मूल्य ५ हजार ७९० डलरले बढ्ने अनुमान गरेका छन् । उनले मेक्सिको र क्यानडाबाट आयात हुने कार र पाट्समा २५ प्रतिशत कर लागेको खण्डमा यस्तो हुने बताए । यससँगै अमेरिकामा एउटा औषत कारको मूल्य ५४ हजार ५ सय डलर पार पुग्नेछ । यो भनेको सन् २०२४ को तुलनामा १२ प्रतिशतले बढी हो ।  

Bizshala
New Office
CG Motors

एक्रीले भन्सार शुल्क बढाउने निर्णयबाट सबैभन्दा धेरै अटो क्षेत्र प्रभावित हुने समेत बताए । अमेरिकामा आयात हुने ४० प्रतिशत सवारी साधनको पाट्स उत्तर अमेरिकाबाट आउने गर्छ । गत वर्ष अमेरिकामा २०० अर्ब डलरबराबरको पाट्स आयात भएको थियो । गत वर्ष मेक्सिकोबाट ९५ अर्ब डलरबराबरको कार र ६८ अर्ब डलरबराबरको पाट्स आयात भएको थियो ।  

यस्तै क्यानडाबाट पनि ३६ अर्ब डलरबराबरको पूर्ण रुपमा तयार कार र १६ अर्ब डलरबराबरको पाट्स आयात भएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो साता भएको इन्डस्ट्रि इभेन्टमा फोर्ड मोटरका सीईओ जिम फारलेले क्यानडा र मेक्सिको माथि ट्रम्पको प्रस्तावित भन्सार शुल्क र आल्मुनियम र स्टिलमाथि थप २५ प्रतिशत शुल्क टाउको दुखाईको विषय बनेको बताएका थिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.