सोमबार, जेष्ठ ४,२०८३ 08:08:49
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:08:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिका–युरोप सम्बन्ध चिसिएसँगै युरोपेली डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा उछाल

Laxmi Sunrise Bank Limited
अमेरिका–युरोप सम्बन्ध चिसिएसँगै युरोपेली डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा उछाल
Shivam Cement

काठमाण्डौ । युरोपेली डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ । सोमबार डिफेन्स कम्पनीहरुको सेयरमूल्य उल्लेख्य बढ्दा युरोपेली सेयर बजार बढेको छ ।  

क्षेत्रिय रक्षा तथा भू–राजनीतिक अनिश्चितता केन्द्रविन्दुमा रहदा यतिबेला डिफेन्स कम्पनीहरुको सेयरमूल्य उल्लेख्य बढेको छ । सोमबार पान–युरोपियन स्टकएक्स६०० इन्डेक्स ०.३ प्रतिशतले बढेको छ । क्षेत्रिय रक्षा प्रयासका बारेमा छलफल गर्न युरोपेली नेतृत्व एकजुट भएसँगै स्टकएक्स६०० एरोस्पेस तथा डिफेन्स इन्डेक्स २.२ प्रतिशतले बढ्दा समग्र पान–युरोपियन स्टकएक्स बढ्न पुगेको हो ।  

आजको कारोबारमा जर्मनीको रेङ्क ग्रुपको मूल्य १२ प्रतिशतले बढेको छ । यस्तै स्वीडेनको रक्षा सामाग्री निर्माता साबको सेयरमूल्य पनि ८.९७ प्रतिशतले बढेको छ । जर्मनीको हतियार निर्माता कम्पनी रेहेनमेटलको मूल्य पनि ५.७ प्रतिशतले उकालो लागेको छ ।  

Bizshala
New Office
CG Motors

युरोपेली सेयर बजारका लागि यो साता अमेरिका र युरोपबीचको भूराजनीतिक तनाब केन्द्रविन्दुमा रहनेछ । अमेरिकी अधिकारीहरुले किभ र युरोपेली अधिकारीहरुलाई बेवास्ता गर्दै युक्रेनमा युद्ध अन्त्य गर्न रुससँग छलफल गर्ने प्रक्रिया अघि बढाएका छन् । जसका कारण युरोप र अमेरिकाबीचको दुरी बढेको छ ।  

ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा युरोपलाई साइडलाइन गरेको विषयमा छलफल गर्न युरोपेली नेताहरुले सोमबार फ्रान्सको पेरिसमा आपतकालिन सम्मेलन आयोजना गर्दैछन् । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.