बुधबार, जेष्ठ ६,२०८३ 04:40:27
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:40:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल साईबर ओलम्पियाड–२०८१ +२ संस्करण सम्पन्न

Laxmi Sunrise Bank Limited
नेशनल साईबर ओलम्पियाड–२०८१ +२ संस्करण सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेशनल साईबर ओलम्पियाड– २०८१ कों +२ संस्करणको पहिलो प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । ं२ संस्करणको प्रतियोगिता प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा फागुन ५ गतेदेखि काठमाण्डौमा अभिमुखीकरण कार्यक्रम गरेर सुरुवात भएको थियो ।  

फाइनल चरण तथा समापन समारोह रसियन हाउस, कमलपोखरी काठमामण्डौमा फागुन १५ गते सम्पन्न भएको छ । कुल २४ टिममा उत्कृष्ठ हुँदै फाइनल प्रतियोगितामा ४ वटां +२ कलेजका टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल प्रतियोगिताबाट उत्कृष्ट हुदै कोटेश्वर, काठमाण्डौको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरले प्रथम स्थान हासिल गर्यो । बागबजार काठमाण्डौको काठमाण्डौ मोडेल कलेज दोस्रो तथा चौथो र डिल्लीबजार काठमाण्डौको कलेज अफ बिजनेस म्यानेजमेन्टले तेस्रो स्थान हासिल गरेका छन् ।

Bizshala
New Office
CG Motors

नेशनल साईबर ओलम्पियाड सुचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हो जसमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान तथासीप अभिवृद्धि गर्न अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता मार्फत प्रतिस्पर्धा आयोजना गरिन्छ ।

प्रतियोगिता काठमाण्डौ उपत्यकाका २४ विद्यालयका माध्यमिक तहका ७२ जना विद्यार्थीहरु प्रत्यक्ष सहभागि भई प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्यम्बलिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच क्वालिफायिङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

प्रमुख अतिथि कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे, तथा विशेष अतिथिहरु रसियन हाउसकी उपनिर्देशक, साकानुश वान्यान र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ संस्थानका प्राध्यापक आईटी इनोभेसन सेन्टरका निर्देशक, प्रो.डा. सुबर्ण शाक्यको उपस्थितिमा समापन समारोह रसियन हाउस कमलपोखरी काठमाण्डौमा सम्पन्न भएको थियो । 

प्रतियोगितामा प्रथम हुने  क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरले नगद रु ३००००, तिस हजार, ट्रफि, मेडल, सर्टिफिकेट  तथा अन्य धेरै उपहारहरुले सम्मान गरीएको थियो । दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने कलेजहरुलाई पनि ट्रफि, मेडल, सर्टिफिकेट तथा अन्य धेरै उपहारहरुले सम्मान गरीएको थियो । कार्यक्रमको मुख्य प्रायोजनमा नयाँ बानेश्वर, काठमाण्डौको टेकस्पाएर कलेजले गरेको थियो । 

रसियन हाउस, आई मार्ट, हिमालयन नेक्टर हनी, महर्षी कलेज, फुडमान्डु, पठाओ, जुनियर उद्यमशीलता सर्कल, आईएनआई सिनेमा, पिसिपि एस कलेज, मोटर सेवा, बजारको चिरफार  लगायतले प्रतियोगिताको प्रायोजन गरेका थिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X