मंगलवार, जेष्ठ ५,२०८३ 11:16:16
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:16:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल बिजनेस समिटको दोस्रो संस्करण बैशाख ७ मा, एनसिसि र एनबिआईले सहकार्य गर्ने

Laxmi Sunrise Bank Limited
नेपाल बिजनेस समिटको दोस्रो संस्करण बैशाख ७ मा, एनसिसि र एनबिआईले सहकार्य गर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ साल बैशाख महिनाको ७ गते ( अप्रिल २० ) काठमाण्डौंमा आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत आयोजक रहने सम्मेलन आयोजनाबारे चेम्वर भवन जमलमा सोमवार नेपाल चेम्वर अर्फ कमर्श ( एनसिसि र नेपाल बिजनेश इन्स्टिच्युट ( एनबिआई ) बीच सम्झैता भएको थियो ।  

Economy for a Sustainable and Resilient Future भन्ने मुल नाराका साथ आयोजना हुने यो बर्षको सम्मेलनमाआर्थिक, बैंकिङ, उद्योग÷व्यवसायीकतथाअधिक संभावनाबोकेका क्षेत्रहरुमा देखिएकाजल्दाबल्दाविषयहरुमा केन्द्रित रहेर सम्बन्धितविषय÷क्षेत्रका स्वदेशीतथाविदेशी प्राज्ञ÷विज्ञ, उदीयमानयुवातथामहिलाउद्यमीहरुकोवीचमा सघन छलफल, बहस तथाअन्तरक्रियागरिने र उक्त बहस सत्रहरुबाट प्राप्तहुने दुरगामीमहत्वकाबहुपयोगी सुझावहरु समावेश भएको निष्कर्ष प्रतिवेदनबनाई उचितकार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ ।

Bizshala
New Office
CG Motors

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले समग्र निजी क्षेत्र उत्साहित बन्न नसकिरहेको सन्र्दभमा आयोजना हुन लागेको यो सम्मेलनले तीनै तहका सरकार र समग्र निजी क्षेत्रबीच विश्वास कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एकाकार भई अगाडि बढ्ने वातावरण सृजना गर्ने बिश्वास व्यक्त गरे ।  

त्यसैगरी, नेपाल बिजनेश इन्स्टिच्युट ( एनबिआई ) का कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतबीचको गतिशील साँघु बनाई आन्तरिक लगानीलाई प्रोत्साहन र बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकासमार्फत औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वःउद्यमशीलता तथा स्टार्टअप व्यवसायहरु, भेन्चर क्यापिटल, इक्यूवेशनलगायतका क्षेत्रमा व्यापक लगानी विस्तार गर्दै दिगो र फराकिलो आर्थिक विकासका लागि समिट प्रस्थान विन्दु बन्ने उनको भनाई छ । 

Garima Development Bank
Shivam Cement
IME remit

समिटमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषय विज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्व गण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष/सञ्चालक तथा उच्च अधिकारी, लब्ध प्रतिष्ठित उद्योगी एवं व्यवसायी, उदयीमान युवा तथा महिला, नवप्रवर्तनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरुसहित करिब ५ सयभन्दा बढीको सघन सहभागिता रहनेछ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.