आईतवार, जेष्ठ ३,२०८३ 10:28:27
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:28:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रम्पसँगको चर्को बहसपछि अमेरिका र युक्रेनबीच पुनःवार्ता हुने, जेलेन्स्कीले भने हुने छैनन् सहभागी

Laxmi Sunrise Bank Limited
ट्रम्पसँगको चर्को बहसपछि अमेरिका र युक्रेनबीच पुनःवार्ता हुने, जेलेन्स्कीले भने हुने छैनन् सहभागी
Shivam Cement

काठमाण्डौ । दुई देशका प्रमुखबीच भएको नोकझोकपश्चात युक्रेन र अमेरिकाबीच पुनःवार्ता हुने भएको छ । यसको जानकारी युक्रेनी राष्ट्रपति भ्म्लोडिमिर जेलेन्स्कीले दिएका हुन् । जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने बताएका हुन् । जेलेन्स्कीले यो महत्वपूर्ण बैठक हुने आशा व्यक्त गरे।

जेलेन्स्की खाडी देशमा हुनेछन्, तर यो कुराकानीमा भाग लिने छैनन्। उनले युक्रेनले जतिसक्दो चाँडो स्थायी शान्तिका लागि काम गरिरहेको बताए ।

Bizshala
New Office
CG Motors

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्तिको रुपरेखामाथि  छलफल गर्न चाहेको बताए।  

गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो । जसमा ट्रम्पले जेलेन्स्की लडाई अन्त्य गर्न तयार नभएको बताएका थिए । यसैबीच अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ र गुप्तचर सूचना आदान प्रदान गर्न बन्द गरेको छ ।

युक्रेनी राष्ट्रपतिले घटनाप्रति दुःख व्यक्त गर्दै देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँगको सम्बन्ध सुधार गर्न प्रयासरत रहेको बताएका छन् । बिहीबार, विटकफले ट्रम्पले जेलेन्स्कीबाट माफी र धन्यवाद लेखिएको पत्र प्राप्त गरेको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो र अहिले रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग ओगटेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.