सोमबार, जेष्ठ ४,२०८३ 03:50:02
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:50:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कामना सेवा विकास बैंकद्वारा धनगढीमा ‘बैंकिङ एण्ड विजनेस कन्क्लेभ’ सम्पन्न

Laxmi Sunrise Bank Limited
कामना सेवा विकास बैंकद्वारा धनगढीमा ‘बैंकिङ एण्ड विजनेस कन्क्लेभ’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंकले शुक्रवार कैलाली उद्योग वाणिज्य संघअन्तर्गतका धनगढीस्थित उद्योगी–व्यवसायीहरुबीच बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा धनगढीका करिब १२० भन्दा वढि व्यवसायीहरुको सहभागीता रहेको थियो ।

पत्रकार महासंघ सुदुरपश्चिमका महासचिव शिवराज भट्टले उक्त कार्यक्रमको मध्यस्तता गरेको थियो भने उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढीका उप–निर्देशक हरिशचन्द्र ढकाल, कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए उमेश राज पाण्डेय र कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा वक्ताको रुपमा रहेका थिए ।  

Bizshala
New Office
CG Motors

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरिशचन्द्र ढकालले आर्थिक स्थायित्व, दिगो विकास र आर्थिक समुन्नतीको लागि दिर्घकाललाई सोचेर नेपाल राष्ट्र बैंकले आफ्ना नितीनियमहरु तय गर्ने तथा बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिने गरेको बताए । व्यवसायीहरुका गुनासालाई सम्वोधन गर्दै उपनिर्देशक ढकालले बैंक तथा वित्तीय संस्थाहरुसँगका केही गुनासाहरु भएमा नेपाल राष्ट्र बैंक समक्ष समेत गुनासा राख्न सकिने बताए । एफसिए उमेश राज पाण्डेयले आर्थिक चक्रका हरेक चरणहरुमा बैंक र व्यवसायीहरुबीच फरक मत रहने भएता पनी एक अर्काका परिपुरक समेत भएकोले आर्थिक अनुशासनकायम गरि व्यवसाय सञ्चालन गर्दा बैंक र व्यवसायीहरु विचको सम्वन्ध सुधार हुनेवताउनुभयो । कैलालीउद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले अहिलेको अवस्थामा व्यवसायीहरुसँग छलफल गर्नको लागि बैंकहरुलाई अनुरोध गर्दा नमान्ने गरेको तर कामना सेवा विकास बैंकले यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै कोरोनाको अवस्थाबाट व्यवसायीहरु उठ्न नसकेको हुँदा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीलाई राहत हुने खालका योजनामा जोड दिन अनुरोध गरे । साथै, नियमनकारी निकायका विभिन्न नितीहरुले व्यवसायीहरु थप आक्रान्त बनेको तथा व्यवसायवाट पलायन हुन सक्ने भएकोले बैंकहरुले साना तथा मझौला व्यवसायीहरुलाई संरक्षण गर्नुपर्ने जिकिर गरे ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीहरुलाई असहज महसुस भएतापनी दिर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताउदै कामना सेवा विकास बैंकले व्यवसायीहरुका पिर मर्का वुझ्दै बैंकको कारोवार अगाडी वढाउने प्रतिवद्धता व्यक्त गरे ।  

Garima Development Bank
Shivam Cement
IME remit

उक्त कार्यक्रममा निर्माण व्यवसायी लक्ष्मण स्वार र किशोर ठकुराठी, सुनचाँदी व्यवसायी जगत सिजापती र कमल प्रसाद लामिछाने, यातायात व्यवसायी अनन्त राज जोशी, स्वास्थ्य तथा कृषी व्यवसायी विष्णु वुर्लाकोटी, ग्यास व्यवसायी छवी राज भट्टलगायतले नियमनकारी निकायको कडाई, कोभिड १९ पश्चातको कर्जा विस्तार,युवा जनशक्तीको विदेश पलायनलगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरु पलायन हुन सक्ने भएकोले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुले सो विषयमा ध्यान दिनुपर्ने बताए ।  

बैंकले हालै मात्र चितवनका व्यवायीहरु विच समेत यस्तै किसिमको कन्क्लेभ आयोजना गरेको थियो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.