बुधबार, जेष्ठ ६,२०८३ 12:01:26
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 12:01:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वीरगञ्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ईभी र टाटा सफारी सार्वजनिक

Laxmi Sunrise Bank Limited
वीरगञ्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ईभी र टाटा सफारी सार्वजनिक
Shivam Cement

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभि, नेक्सन के३ इभी र टाटा सफारी वीरगञ्जमा सार्वजनिक गरेको छ। 

वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी लन्च भएका छन्।सो कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, मधेश प्रदेश जनार्दन सिंह क्षेत्रीको साथ सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको प्रमुख आतिथ्यता रहेको थियो।

Bizshala
New Office
CG Motors

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले भने ‘आज वीरगञ्जमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं । अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छाअनुसारले रोज्न सक्नुहुन्छ।र बिक्रिपछिको सेवाको लागि सिप्रदी तत्पर भई लागि रहेको छ। त्यसैले टाटा मोटर्सको स्टाइलिस, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन सक्नुहुन्छ।’

त्यस्तै प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले वीरगञ्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्षित भएको बताए।विशेषगरि भारतमा निकै रुचाइएको टाटा कर्भ ईभीको धेरै ग्राहकहरु प्रतीक्षा गरिरहेको र आजबाट गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको कुरा सुवोध सापकोटाले बताए।

Garima Development Bank
Shivam Cement
IME remit

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनार्दन सिंह क्षेत्रीले भने, ‘सिप्रदीको सर्भिस सुविधा देखेर अत्यन्त प्रभावित भएको छु।यसमा अझै थप विकाश हुदै जाओस भन्ने कामना व्यक्त गर्न चाहन्छु।’

टाटामोटर्सको लागि नेपालका कन्ट्रीम्यानेजर प्रसन्न रंगनाथानले कर्भ ईभीमा सिंगल चार्जमै लामो दुरीको यात्रा–काठमाण्डौ भारतको पटना, मुज्जफापुर सजिलै आवतजावत गर्न सकिने कुरामा जोड दिए ।

आजबाट वीरगञ्जका ग्राहकहरुले शोरुममा गएर लन्च भएको गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारीको टेस्ट ड्राइभ गर्न सक्नेछन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X