आईतवार, जेष्ठ ३,२०८३ 06:11:12
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:11:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दोस्रो बजारमा सहायक कम्पनीमार्फत सेयर खरिदबिक्री गर्दै हाथवे, धितोपत्र बोर्ड भन्छ, ‘अनुसन्धान गर्छौ’

Laxmi Sunrise Bank Limited
दोस्रो बजारमा सहायक कम्पनीमार्फत सेयर खरिदबिक्री गर्दै हाथवे, धितोपत्र बोर्ड भन्छ, ‘अनुसन्धान गर्छौ’
Shivam Cement

काठमाण्डौ । दोस्रो बजारमा सूचिकृत हाथवे इन्भेष्टमेन्ट कम्पनीले आफ्नो सहायक कम्पनी ‘हाथवे स्टक डिलर’ मार्फत दोस्रो बजारमा पनि सेयर खरिद गरेको भेटिएको छ । कम्पनीले प्रकाशित गरेको आफ्नो वार्षिक प्रतिवेदनमा कम्पनीले हाथवे स्टक डिलर मार्फत सेयर खरिद गरेको देखिन्छ ।  

कम्पनीले आफ्नो ९० प्रतिशत लगानी सहायक कम्पनी हाथवे स्टक डिलरमा गरेको जनाएको छ । कम्पनीले दोस्रो बजारमा लगानी गरेको विषय वार्षिक प्रतिबेदनमा प्रष्ट रुपमा उल्लेख गरेको छ ।

Bizshala
New Office
CG Motors

विशेषगरी, दोस्रो बजारमा सूचिकृत कम्पनीहरुले सेयरमा लगानी गर्न नमिल्ने प्रावधान रहेको छ । तर यहि प्रावधानलाई छल्न इन्भेष्टमेन्ट कम्पनीहरुले सहायक कम्पनी खोलेर सेयर कारोबार गरेको पाइन्छ । तर धितोपत्र बोर्डको कुनै पनि ऐन तथा विनियामवलीमा दोस्रो बजारमा सहायक कम्पनी मार्फत  सूचिकृत भएका इन्भेष्टमेन्ट कम्पनीहरुले सेयर कारोबार गर्न मिल्ने व्यवस्था नरहेको धितोपत्रबोर्ड स्थित उच्च स्रोतले दावी गर्यो ।  

स्रोतका अनुसार यदि यस्तो भएको पाइए त्यो धितोपत्र बोर्डको नियमन विभागको कमजोरी भएको स्रोतले जनाएको छ । अघिल्लो साता एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले अक्सनबजार मार्फत सेयर खरिद गरेपछि यस विषयमा बोर्डले दोस्रो बजार वा अक्सन बजारमार्फत सेयर खरिद गर्न नपाउने भन्दै सूचना जारी गरेको थियो । यसै विषयमा बोल्दै हाथवे इन्भेष्टमेन्ट नेपालका स्वतन्त्र सञ्चालक केशब कोइरलाले बैंकका सहायक कम्पनी म्युचुअल फण्डले जस्तै सूचिकृत इन्भेष्टमेन्ट कम्पनीहरुका सहायक कम्पनीले पनि सेयर किन्न पाउने दावी गरे ।  

Garima Development Bank
Shivam Cement
IME remit

कोइरलाले हाथवे इन्भेष्टमेन्ट कम्पनीको ९० प्रतिशत लगानी हाथवे स्टक डिलरमा रहेको पनि स्वीकारे । तर धितोपत्र बोर्डका कार्यकारी निर्देशक बिनय देब आचार्यले सूचिकृत इन्भेष्टमेन्ट कम्पनीहरुलाई दोस्रो बजारमा सेयर खरिद गर्न नपाउने सर्तमा नै आईपीओमा जान दिइएको बताए । उनले भने, ‘यदि त्यस्ता कम्पनीहरुले सहायक कम्पनीमार्फत सेयर खरिदबिक्री गरेका छन् भने अनुसन्धान हुन्छ ।’ यसै

गरि अन्य दोस्रो बजारमा सूचिकृत इमर्जिङ नेपाल  , एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र सीईडिबि होल्डिङ कम्पनीले पनि सहायक कम्पनीमार्फत दोस्रो बजारमा सेयर खरिदबिक्री गर्दै गरेको स्रोतको दाबी रहेको छ ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.