सोमबार, असार २,२०८२ 05:30:03
  • सोमबार, असार २,२०८२ 05:30:03
Global IME Bank Limited

आइएमई लाइफका कर्मचारीको बोनस १९२.८९% ले बढ्यो, रु.९.३० करोड तलब वितरण

Hyundai Nepal
आइएमई लाइफका कर्मचारीको बोनस १९२.८९% ले बढ्यो, रु.९.३० करोड तलब वितरण
Nabil Bank Limited

काठमाण्डौ । लगानीकर्तालाई नगद लाभांश मात्रै दिएको आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारी बोनस भने १९२.८९ प्रतिशत बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा ७ करोड १२ लाख रुपैयाँ कर्मचारीलाई बोनस बाँडेको छ ।  

यो रकम अघिल्लो आव २०७९/८० को तुलनामा झण्डै दुईसय प्रतिशत बढी हो । उक्त आवमा कम्पनीले २ करोड ४३ लाख रुपैयाँ मात्रै कर्मचारीलाई बोनस बाँडेको थियो ।  

त्यस्तै कर्मचारीको तलब भने १२.७४ प्रतिशत बृद्धि भएको छ । अघिल्लो आवमा ८ करोड २५ लाख रुपैयाँ तलब बाँडेको यस कम्पनीले गत आवमा ९ करोड ३० लाख रुपैयाँ तलब वितरण गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै कर्मचारीले पाउने भत्ता पनि १७.४१ प्रतिशत बढाएको छ । अघिल्लो आवमा कर्मचारीलाई भत्ता दिनका लागि कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ खर्च गरेकोमा गत आवमा भने ७ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ ।  

यता चाडपर्वमा पाउने भत्ता पनि ६।०३ प्रतिशतले बढेको छ । कर्मचारीहरुले दशैं तिहार जस्ता चाडमा कम्पनीबाट भत्ता प्राप्त गर्ने गर्दछन् । यस्तो शीर्षकमा कम्पनीले १ करोड ९ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो आवमा भने कम्पनीले यस्तो शीर्षकमा १ करोड ३ लाख रुपैयाँ छुट्याएको थियो ।  

त्यस्तै, प्रोभिडेन्ड फण्डा तथा सामाजिक सुरक्षा कोषमा ९३ लाख, अन्य सुविधा (ग्रयाज्युइटि)शीर्षकमा ७७ लाख, विदा भत्ता वापत ३ करोड ६५ लाख, तालिम खर्चमा ४६ लाख, कर्मचारी ड्रेसमा १ करोड ११ लाख र स्टाफ इन्सेन्टिभ शीर्षकमा १५ लाख रुपैयाँ गरी कम्पनीले गत आवमा कर्मचारी सुविधाका लागि ३२ करोड ८ लाख रुपैयाँ खर्चेको छ ।  

यो रकम गत आवको तुलनामा ३९.१९ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले कर्मचारी सुविधाका लागि २३ करोड ४ लाख रुपैयाँ खर्च गरेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.