बुधबार, जेष्ठ ६,२०८३ 03:22:49
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 03:22:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दायरा विस्तारमा स्काईवेलको जोड, ग्राहकलाई दिने सेवामा नचुक्ने कम्पनीको प्रतिबद्धता

Laxmi Sunrise Bank Limited
दायरा विस्तारमा स्काईवेलको जोड, ग्राहकलाई दिने सेवामा नचुक्ने कम्पनीको प्रतिबद्धता
Shivam Cement

काठमाण्डौ । नेपाली अटो बजारमा छुट्टै पहिचान कायम गर्न सफल स्काईवेलले आफ्नो दायरा विस्तार गरेको छ । कम्पनीले पाँचौ बिक्री कक्ष आजदेखि सञ्चालनमा ल्याएको छ ।  

एसयुभी स्काईवेलले नक्सालमा आफ्नो फ्ल्यागसिप सोरूम आजैदेखि संचालनमा ल्याएको छ । नेपालमा पाईने विद्युतीय सवारी साधनहरू मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल ‘इटी फाईभ’ नेपाली बजारमा एक बर्ष अगाडी मात्रे भित्रिएको थियो ।  

छोटो समयमा नै स्काइवेलले ग्राहकहरुको मन जित्न सफल भएको छ । जसकारण आजसम्म कम्पनीले सय भन्दा बढी एसयुभी नेपालमा बिक्री गरिसकेको छ ।  

Bizshala
New Office
CG Motors

चिनियाँ राजदुताबासका डेपुटी चिफ अफ मिसन माहमहीम वाड् जीन् ले एक समारोहका विच रिवन काटेर काठमाण्डौंको नक्साल विक्री कक्षको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस भु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रा। लि। का चेयरमेन दुर्गा प्रसाद गेलालको उपस्थिती रहेको थियो ।

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ । स्काईवेल चीनीयाँ ईलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्थको ब्राण्ड हो । राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको हो ।

भक्तपुरको राधेराधेमा पहिलो विक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक बर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको विक्री वितरण सुरु गरेको थियो । नेपाली बजारमा भित्रिएको एक बर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गरी सयभन्दा बढी एसयुभीहरू नेपालमा विक्री गरिसकेको कम्पनीले जनाएकामे छ ।  

 

Garima Development Bank
Shivam Cement
IME remit

नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता जि। मोटर्स प्रा। लि। रहेको स्काईवेलले छोटो समयमा हाँसिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि। मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ ।  

कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले नेपालकै सबैभन्दा बढी रेञ्ज भएको प्रिमियम यसयुभी स्काईवेलका ब्राण्डले ग्राहकको मन जित्दै गएको बताए । ‘हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडि विक्री गछौं, उहाँहरू घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने माहान् सोचका साथ उही लक्जरी प्राप्त हुने विकल्पको रूपमा स्काईवेलका एसयुभी चढ्न थाल्नुहुन्छ’ उनले भने, ‘त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहिं कति पनि चुक्नेछैनौ । हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौ । हामी सँग यथेष्ठ स्पेयर्स पार्टस् जगेडा छन् ।’

नेपालमा रहेका अन्य ब्राण्डको तुलनामा स्काईवेलको छुट्टै विशेषता रहेको गेलालले बताए । ‘नेपाली अटो बजारमा धेरै ब्राण्डका विद्युतीय सवारी छन्, तर स्काईवेलका गाडीमा हुने विशेषता छुट्टै छ र यसले ग्राहकहरुको मन जित्दै गएको छ’ उनले भने, ‘एक त नेपालकै सर्वाधिक रेञ्ज दिने एसयुभी र सवारीमा भएको पार्ट्सहरुको विशेषताले अझै आकर्षित छ ।’

त्यस्तै, जि। मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलालले स्काईवेल साधारण ईभी मात्रै नभई प्रिमियम एसयुभी ब्राण्डको रूपमा रहेको बताए ।  ‘स्काईवेलले छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो’ उनले भने, ‘यो सवारी चढेर हिड्ने हाम्रा ग्राहकले जती गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्राण्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो त्यसमा हामी कहि चुक्ने छैनौ ।”

एक करोड १५ लाख रूपैया मूल्य सम्म पर्ने स्काईवेलका एसयुभीको शुरूवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रूपैया मूल्य पर्छ । यसै बर्ष स्काईवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X