मंगलवार, जेष्ठ ५,२०८३ 10:55:17
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:55:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

श्री केश हेयर आयल औषधि व्यवस्था विभागमा सूचीकृत

Laxmi Sunrise Bank Limited
श्री केश हेयर आयल औषधि व्यवस्था विभागमा सूचीकृत
Shivam Cement

काठमाण्डौ । श्री केश जडीबुटी आयुर्वेदिक हेयर आयल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ । सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल आधिकारिक रुपमा औषधि व्यवस्था विभागमा सूचीकृत भएको हो ।

श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएलले विभागमा आवश्यक सर्त पुरा गरेर सूचिकृत हुनका लागि निवेदन दिएको थियो । उक्त निवेदनलाई आयोगको फागुन २५ गते बसेको बैठकले आयोगमा दर्ता गरेको हो ।

यो सँगै श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधी व्यवस्थापन विभागमा दर्ता हुने पहिलो हेयर ओएल बनेको छ ।

Bizshala
New Office
CG Motors

२०८१ असार २३ गतेको विभागीय निर्णयअनुसार गत साउन १७ गते औषधि व्यवस्था विभागले जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगको लागि प्रचलनमा रहेका उत्पादनहरूको सूचिकृत हुनका लागि सूचना जारी गरेको थियो । सोही अनुसार श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल विभागमा सूचिकृत भएको हो ।

श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल मात्रै होइन, अब नेपालमा बनेका जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगका लागि प्रचलनमा रहेका उत्पादनहरू अनिवार्य रुपमा औषधि व्यवस्था विभागमा दर्ता हुनु पर्नेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

विभागमा दर्ता हुन आउने कुनै पनि जडीबुटीजन्य सुगन्धित तेलहरूले उत्पादन गर्ने वस्तुको फर्मुला वा कम्पोजिसनको आधार पेस गर्नुपर्ने विभागले मापदण्ड तोकेको छ ।

यसका साथै मूल्य घोषणा पेस गर्नुपर्ने र उत्पादनले जनस्वास्थ्यमा हानी, नोक्सानी नहुने प्रत्याभूति सहितको कबुलियतनामा पेस गर्नु पर्ने लगायतका न्यूनतम मापदण्डहरू पनि पुरा गर्नुपर्ने विभागले जनाएको छ ।

बजारमा विना मापदण्डका जडीबुटीजन्य सुगन्धित तेलहरू भन्दै बिक्री वितरण गरेपछि सरकारले यसको नियमन र नियन्त्रणका लागि मापदण्ड नै बनाएको हो । विभागले अव्यवस्थित बजारलाई व्यवस्थापन र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X