सोमबार, जेष्ठ ४,२०८३ 10:22:40
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:22:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमा कम्पनीले संकलन गरे रु.२८.०२ अर्ब प्रिमियम, नेपाल इन्स्योरेन्सको सर्वाधिक ग्रोथ

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीले संकलन गरे रु.२८.०२ अर्ब प्रिमियम, नेपाल इन्स्योरेन्सको सर्वाधिक ग्रोथ
Shivam Cement

काठमाण्डौ। निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ८ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।  

यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७.१२ प्रतिशत बढी हो । गत आवको ८ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।  

सो अवधिसम्म आइपुग्दा सरकारी स्वामित्मा रहेको राष्ट्रिय बीमा कम्पनी, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स गरी ३ कम्पनीको व्यवसाय गत आवको तुलनामा घटेको छ भने बाँकी ११ कम्पनीको व्यवसाय भने बढेको छ ।  

Bizshala
New Office
CG Motors

फागुन मसान्तसम्म सर्वाधिक प्रिमियम भित्र्याउनेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ४ अर्ब १ करोड ३९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७.९४ प्रतिशत बढी हो ।  

त्यस्तै, सगरमाथा लुम्बिनीले ३ अर्ब ३२ करोड रुपैयाँ प्रिमिमय भित्र्याएको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा ९।२४ प्रतिशत बढेको हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ४ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै सिद्धार्थ प्रिमियरले २ अर्ब ७५ करोड, आइजीआई प्रुडेन्सियले २ अर्ब ३७ करोड, हिमालयन एभरेष्टले २ अर्ब २१ करोड, नेको इन्स्योरेन्सले २ अबै १९ करोड, एनएलजीले १ अर्ब ८५ करोड, दि ओरियन्टलले १ अर्ब ७० करोड, युनाइटेड अजोडले १ अर्ब ५९ करोड, सानिमा जिआइसीले १ अर्ब ५७ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७६ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

गत आवको तुलनामा सर्वाधिक व्यवसाय बढाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । गत आवको ८ महिनासम्ममा ९९ करोड ४७ लाख रुपैयाँ मात्रै प्रिमियम भित्र्याएको नेपाल इन्स्योरेन्सले ४०।९९ प्रतिशतले व्यवसाय बढाएर सो अवधिसम्म १ अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.