सोमबार, जेष्ठ ४,२०८३ 01:10:13
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:10:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्लोबल मनि विकका अवसरमा कामना सेवाको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
ग्लोबल मनि विकका अवसरमा कामना सेवाको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । विश्व वित्तीय सप्ताह २०२५ (ग्लोबल मनि विक २०२५) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD)] को संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाइने गरिन्छ ।  

उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई मार्च २३ मा सम्पन्न भएको छ ।

बैंकले उक्त अवसरमा विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामाग्रीहरु प्रसारण गरेको छ । 

Bizshala
New Office
CG Motors

बैंकको सातै प्रदेशद्धारा देशका विभिन्न विद्यालयमा नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त प्रशिक्षकद्वारा वित्तीय साक्षरता कार्यक्रम गर्दै देशव्यापी २५०० भन्दा बढी विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजीनिर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जिवनयापन सहज बनाउन सकिने, व्यक्तिगत बजेट निर्माण गरि खर्च गर्ने बानीको थालनी गर्नुपर्ने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा छलफल भएको बैंकले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्नो सामाजिक संजालमार्फत सुरक्षितभविष्यको लागिबचत, सामाजिक संजाल र इन्फ्लुयन्सर बाट प्रभावितन भई वित्तीय निर्णय गर्न, कालो सूचीमा पर्न सकिने सम्भावना, सुरक्षित इन्टरनेट प्रयोग गर्न तथा कर्जाको जिम्मेवारीपूर्ण उपयोग र व्यवस्थापन गर्नुपर्ने सामगा्रीहरु प्रस्तुत गरी ग्लोबल मनि विक २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.