सोमबार, मंसिर १५,२०८२ 01:27:21
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 01:27:21
Bizshala
Global IME Bank Limited

सिटी टेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सफल सहकार्य

Hyundai Nepal
सिटी टेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सफल सहकार्य
Shivam Cement

काठमाण्डौ । सिटी टेक ग्रुप प्रालिले नेपालको पहिलो ‘एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर’ ‘गेटपे’लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा माछापुच्छ्रे बैंकमा सफल भुक्तानी व्यवस्थापन शुभारम्भ गरेको छ ।  

सिटी टेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ। यस संस्थाले हालसम्म फिन–प्रो  तथा फिन–पस जस्तो नवीनतम सफ्टवेयर ल्याएर नेपालमा पहिलेनै आफ्नो बर्चस्व कायम गरिसकेको छ।हाल सञ्चालनमा आएको गेटपे बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणालीमार्फत भुक्तानी संरचना सरल बनाउने, व्यवसायी व्यवस्थापन गर्ने र नयाँ भुक्तानी माध्यमहरूलाई छोटो समयमा एकीकृत गर्न सक्षम बनाउने प्लेटफर्म भएको कम्पनीले जनाएको छ ।

CG Motors
Garima Development Bank
IME remit

व्यवसायीहरूका लागि यो प्लेटफर्मले सबै कारोबारहरूको एकै स्थानबाट अनुगमन गर्ने, सुविधा दिने तथा फरक भुक्तानी प्रणालीहरूलाई एकीकृत प्रणालीमा समायोजन गर्नेछ।आधुनिक प्रविधिमार्फत वास्तविक समयमै कारोबार पूरा गर्ने क्षमताले गेटपेलाई अधिक कार्यकुशल, लागत–प्रभावी र डिजिटलमैत्री साधन बनाएको छ।

एकैपटकमा धेरै भुक्तानी माध्यममा गेट्पेको पहुच स्थापना हुनेहुदा जटिल भुक्तानी प्रणाली सहज हुने कम्पनीले जनाएको छ।यो प्लेटफर्मले फरक भुक्तानी गर्ने माध्यमहरुलाई लागत–प्रभावी र भरपर्दो च्यानलमार्फत गतिशील रूपमा पठाउने सुविधा प्रदान गर्छ । जसले प्रयोगकर्तालाई छिटो, सजिलो र सहज भुक्तानीको अनुभव प्रदान गर्दछ। यसको नौलो प्रबिधि संरचनाले बैंकहरूलाई नयाँ भुक्तानी माध्यमहरु एकीकृत गर्न र बदलिंदो बजारको माग अनुसार सेवा प्रदान गर्न मद्दत गर्दछ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

माछापुच्छ्रे बैंकले गेटपेलाई आफ्नो दैनिक सञ्चालनमा सफलतापूर्वक समावेश गरिसकेको छ । यस प्लेटफर्मद्वारा बैंकका सम्पूर्ण भुक्तानी प्रणाली सहज गर्ने अभिन्न अंग बनेको छ। 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.