मंगलवार, जेष्ठ ५,२०८३ 10:55:23
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:55:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्मार्ट प्रिन्टिङको अनुभव दिने ‘ब्रदरको डीसीपी–टी८३०डीडब्लू’ मोडलको प्रिन्टर सार्वजनिक

Laxmi Sunrise Bank Limited
स्मार्ट प्रिन्टिङको अनुभव दिने ‘ब्रदरको डीसीपी–टी८३०डीडब्लू’ मोडलको प्रिन्टर सार्वजनिक
Shivam Cement

काठमाण्डौ । जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रदरको डीसीपी–टी ८३० डीडब्लू मोडलको नयाँ प्रिन्टर बजारमा ल्याएको हो ।  

नेपाली बजारमा आएसँगै उक्त प्रिन्टर सार्वजनिक भई बिक्री वितरण सुरु भएको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले बताइन् । उत्कृष्ट कार्यक्षमता भएको यो प्रिन्टरले प्रयोगकर्तालाई कार्य सम्पादनमा निकै सहज बनाउने बताइएको छ ।  

विश्व बजारमा प्रयोगकर्ताबीच निकै लोकप्रिय डीसीपी–टी८३० डीडब्लू प्रिन्टर नेपाली बजारमा पनि उपभोक्ताको रोजाइमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ । ‘हामीले लामो समयदेखि ब्रदरका प्रिन्टर बिक्री गरिरहेका छौं, गुणस्तर र प्रयोगका हिसाबले ब्रदरका प्रिन्टरबाट उपभोक्ता सन्तुष्ट  हुन्छ, नयाँ प्रिन्टरले प्रिन्टिङ फरक अनुभव दिनेछ,’ उनले भने ।  

Bizshala
New Office
CG Motors

प्रिन्टरमा ८० सिट्स भएको मल्टि– पर्पस ट्रे दिनुका साथै युजर फ्रेन्डली एलसीडी प्यानल पनि दिइएको छ । साथै, डुप्लेक्स फन्कसन भएको यस प्रिन्टरबाट वायरलेस एन्ड मोबाइल प्रिन्टको सुविधा पनि दिइएको छ ।  

प्रिन्टरको रेजोलुसन उच्च भएकाले स्पष्ट र सफा प्रिन्ट यसले सुनिश्चित गर्ने बताइएको छ । यो प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । प्रिन्टमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

पारदर्शिता र व्यावसायिक क्षमता भएको यस प्रिन्टरमा कागज र आकारको पनि विकल्प  दिइएको छ ।  सागर ग्रुपले प्रिन्टरमा कुनै समस्या आएको खण्डमा तत्काल मर्मत सेवा उपलब्ध भएका कारणले ब्रदर प्रिन्टर खरिद गरेर पछुताउनु पर्ने वातावरण नबन्ने उपाध्यक्ष मानन्धरले बताइन् ।  

औसत मूल्यमा उपलब्ध यो प्रिन्टरले कार्यभार क्षमता उपयुक्त राख्ने बताइएको छ ।  नयाँ डिजाइनका साथ आएका डीसीपी–टी८३०डीडब्लू प्रिन्टरले उपयोगकर्ताको अनुभवलाई सहज बनाउने बताइएको छ ।  

सो प्रिन्टर डिलर साथै बेलियो डट कममा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसक्ने बताइएको छ । यस्तै, ब्रदरको डीसीपी–टी८३०डीडब्लू, डीसीपी–टी५३०डीडब्लू, डीसीपी–टी७३०डीडब्लू, एमएफसी–टी९३०डीडब्लू र डीसीपी–टी४३०डब्लू मोडलको प्रिन्टर पनि बजारमा उपलब्ध रहेको सागर ग्रुपले बताएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X