सोमबार, जेष्ठ ४,२०८३ 02:00:54
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:00:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्, ‘आध्यात्मिकतामा लागेर लोभ र डरलाई नियन्त्रण गर्न सके कुस्त कमाउन सकिन्छ’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्, ‘आध्यात्मिकतामा लागेर लोभ र डरलाई नियन्त्रण गर्न सके कुस्त कमाउन सकिन्छ’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी पुतलीसडक आसपासका केही ब्रोकर हाउसहरु पुगेका थियौं । आज राजधानीको मौसम निकै तातेको थियो ।  ब्रोकर हाउसभित्र पनि लगानीकर्ताहरु निकै सक्रिय देखिन्थे। आज हामी पुगेका ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति राम्रै देखिन्थ्यो । लगानीकर्ताहरु सुरुवातीदेखि नै बजार बढ्नेमा ढुक्क देखिन्थे ।

आज हामीले सबै भन्दा पहिले श्वेता सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर २५) बाट हाम्रो स्तम्भको सुरुवात गर्यौं । यो ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो । यतिकैमा एक लगानीकर्ताले भने, ‘लौ साथीहरु बजार बढ्न थाल्यो । बजारले अब सबै नकरात्मका विषय र आन्दोलनलाई पचाए जस्तो छ।’ उनी सँगै बसेका एक लगानीकर्ताले भने, ‘कमाण्डर नै फरार छन् रे, अब कसले गर्छ आन्दोलन ? ’

Bizshala
New Office
CG Motors

यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ता अब सेयर किन्नु पर्छ भन्दै ट्रेडिङ रुम तिर दौडिदै थिए।   केही लगानीकर्ताले ब्याज खर्च निकाल्ने खेल भन्दै बढेको बजारप्रति केही आशंका पनि व्यक्ति गर्दै थिए । ब्रोकर हाउसमा फोनका घण्टी बजिरहेका थिए भने लगानीकर्ताहरु आउने क्रम जारी थियो । आज पहिलो प्रहरमा बजार करिब ५२ अंकले बढेको थियो ।

केही समयको बसाईपछि हामी पुतली सडकमा नै रहेको प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं । यहाँ पनि लागनीकर्ताहरुको उपस्थिति राम्रै थियो । यहाँ भेटिएका एक लगानीकर्ताले बजारमा माहोल फेरिएको दाबी गरे । ‘नयाँ आउने गभर्नरप्रति लगानीकर्ता आशाबादी छन् । गभरर्नमा नीजि क्षेत्रबाट ज्ञानेन्द्र ढुङ्गाना आउने चर्चा छ । त्यही भएर बजार बढेको हो,’ उनले भने । उनलाई साथ दिँदै अर्का एक लगानीकर्ताले नयाँ आउने गभर्नरले लगानीकर्तालाई सेयर कर्जामा लगाएको क्याप र जोखिमभार मात्रै हटाए बजारले राम्रै गति लिने विश्वास व्यक्त गरे । यसै ब्रोकरमा भेटिएका अर्का एक लगानीकर्ताले बैंकिङ क्षेत्र बुझेको मान्छे आए बजार बुम हुने तर्क गरे  । ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थियो । बजार निरन्तर उकालो लाग्दै थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

हामी भने नजिकै रहेको सेक्यार्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पुग्यौं । यस ब्रोकरमा पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । मध्यान्नको चर्को गर्मीमा लगानीकर्ताहरु चियाको चुस्किसँगै बजार हेर्न मस्त थिए भने केही राजनीतिक गफमा मस्त देखिन्थे । यस ब्रोकरमा पनि गत शुक्रबार भएको आन्दोलनको विषयमा चर्चा हुँदै थियो । लगानीकर्ता अब आन्दोलन सकिएकाले  बजारले गति लिनेमा ढुक्क देखिन्थे ।  

आज २ बजेपछि बजारमा बिस्तारै बिक्री दबाब आएको थियो । बजार २७ सयबाट तल खस्दै थियो । यतिकैमा एक लगानीकर्ताले भने, ‘तीन दिन बढेको बजारमा बिक्री दबाब आए जस्तो छ ।’ उनी सँगै बसेका लगानीकर्ताले बजार एकोहोरो भने नबढ्ने तर्क गरे । उन्ले थप्दै भने, ‘आज किनेको सेयर खातामा आउँदा के हुन्छ ? भन्ने हो । चैत मसान्तको दबाब पनि पूर्ण रुपमा सकिएको छैन ।’  

उनीसँगै बसेका एक लगानीकर्ताले अब एक–दुई दिन बजार धानियो भने बजार माथि नै जाने तर्क गरे। राजनीतिको बिश्लेषण गर्दै बसेका लगानीकर्ताले बजारको प्रसंग जोड्दै सेयर बजारमा लाग्ने लगानीकर्ता आध्यात्मिकतामा लागेर लोभ र डरलाई नियान्त्रण गर्न सके कुस्त कमाउन सकिने पनि चर्चा गरे । ‘सेयर बजारमा एकपटक बेचे पछि फेरि किन्न धैर्यता पनि चाहिनेमा सबै एकमत देखिन्थे। यस बेलासम्म दिनको ३ पनि बजिसकेको थियो । बजार करिब ३० अंकले सुधार आएर बन्द भएको थियो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.