बिहीबार, असार १८,२०८३ 05:06:17
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:06:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विन नेपाल लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री आवेदन खुला

Laxmi Sunrise Bank Limited
विन नेपाल लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक (एफपीओ) निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ जारी गरेको हो ।  

संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ जारी गरिएको जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई CARE-NP B(IS) SINGLE B ISSUER रेटिङ प्रदान गरेको छ। जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा बढी जोखिम रहेको जनाउँछ ।  

एफपीओको निष्कासन बन्द छिटोमा चैत २६ गते र ढिलोमा वैशाख ४ गते बैंकिङ समयपछि हुनेछ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ ३० गते अनुमति पाएको थियो ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.