सोमबार, मंसिर १५,२०८२ 09:42:56
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 09:42:56
Bizshala
Global IME Bank Limited

सिजी इलेक्ट्रोनिक्सद्वारा ‘सिजी इलेक्ट्रिक डिल समिट २०८१’ आयोजना

Hyundai Nepal
सिजी इलेक्ट्रोनिक्सद्वारा ‘सिजी इलेक्ट्रिक डिल समिट २०८१’ आयोजना
Shivam Cement

काठमाण्डौ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले च्भाचभकज, च्भलभध, बलम च्भायअगकू भन्ने मूल नाराका साथ सिजी इलेक्ट्रिक डिल समिट २०८१’ सम्पन्न गरेको छ। व्यवसायिक साझेदारहरूको सम्मान, नवीनतम रणनीति प्रस्तुत गर्ने उद्देश्य तथा व्यवसायिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्यका साथ यो विशेष कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सिजी ब्रान्डका फ्यान, स्विच, कुलरतथा केन्ट ब्रान्डका बल्ब, सब(मीटर,एमसीबी स्विचलगायतका नवीनतम उत्पादनहरू प्रस्तुत गरिनुका साथै डिलर नेटवर्कलाई अझ प्रभावकारी बनाउन आगामी योजनाहरू समेत सार्वजनिक गरिएको कम्पनिले जनाएको छ । नेपाली बजारमा सिजी इलेक्ट्रोनिक्सको योगदान उल्लेखनीय बनाउने डिलरहरूको महत्त्वपूर्ण भूमिकालाई कदर गर्दै श्रेष्ठ प्रदर्शन गर्ने डिलरहरूलाई विशेष सम्मान तथा विभिन्न आठ श्रेणीमा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रमको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र केन्ट भारतका प्रबन्ध निर्देशक चिराग गुप्ताको उपस्थितिका बिच दिप प्रज्वलनसहित कार्यक्रमको शुभारम्भ भएको थियो । उनीहरुले डिजिटल रूपान्तरण, ग्राहक केन्द्रित सेवा तथा उच्च प्रविधियुक्त उत्पादनहरू ल्याउने कम्पनीको रणनीति प्रस्तुत  गरेका थिए । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालको इलेक्ट्रोनिक्स बजारमा आफूहरु लामो समयदेखि रहेको तथा केन्ट भारत तथा सिजी इलेक्ट्रिकमार्फत आफुहरु नेपाली उपभोक्ता माझ रहन पाउँदा खुसि रहेको बताए । साथै केन्ट भारतका प्रबन्ध निर्देशक चिराग गुप्ताले नेपाली उपभोक्ता र उपस्थित वितरकहरुको प्रसंशा गर्दै नेपाली बजारमा अबको समयमा नेपाली बजारमा निरन्तर अत्याधुनिक र सर्वशुलभ उत्पादन उपलब्ध गराउने जानकारी गराए।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

डिलरमिटको अवसरमा केन्ट ब्रान्डको कुलर पनि नेपाली बजारमा लन्च गरिएको छ  । ४५, ५०, ७० तथा ९० लिटर क्षमताको एअर कुलर नेपाली बजारमा उपलब्ध हुने र आधुनिक क्षमताका एअर कुलरले उपभोक्ताबीच नयाँ अनुभब र सन्तुष्टि प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ । २५०० देखि ४००० मिटर क्युव एअर डेलिभरी गर्न सक्ने यी एअर कुलरमा १ बर्षको वारेन्टी र उपभोक्ताको आवश्यकताअनुसार बिभिन्न आकारमा रहेका छन्।  साथै उक्त अवसरमा सिजी ब्रान्डको स्ट्रिट लाइटको पनि लन्च भएको छ। कम विद्दुत खपतमा बढी उज्यालो दिने कम्पनीले जानकारी दिएको छ।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा नयाँ उत्पादनहरूको प्रस्तुति, बजार रणनीति छलफल, डिलर अनुभव सेसन, र नेटवर्किङ सेसन रहेका थिए। यसका साथै, नेपाली सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.