बुधबार, जेष्ठ ६,२०८३ 02:54:32
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:54:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विद्युतीय सवारीको एलटिभी पुनः ८०% सम्म पुग्नसक्ने अर्थमन्त्रीको संकेत, भने-'छलफल गरेर मिलाउन सकिन्छ'

Laxmi Sunrise Bank Limited
विद्युतीय सवारीको एलटिभी पुनः ८०% सम्म पुग्नसक्ने अर्थमन्त्रीको संकेत, भने-'छलफल गरेर मिलाउन सकिन्छ'
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी साधनहरुको व्यापार प्रभावित हुने गरी राष्ट्रबैंकले लिएको नीति परिवर्तन हुनसक्ने संकेत गरेका छन् । 

Bizshala
New Office
CG Motors

नेपाल राष्ट्रबैंकले मौद्रिक समीक्षामार्फत विद्युतीय सवारीहरुको लोन टू भ्यालू रेसियो(एलटीभी) ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारिदिएको व्यवस्था संसोधन हुनसक्ने संकेत गरेका हुन् ।  

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले मंगलबार आयोजना गरेको नाडा अटो डाइलगलाई सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले भने-'राष्ट्रबैंकले अर्धवार्षिक समीक्षामार्फत इभीको लोन टू भ्यालु रेसियो घटाउँदा अटो व्यवसायीहरु असन्तुष्ट रहनुभएको सरकारलाई राम्रो जानकारी छ । जहाँसम्म ८०÷६० को विषय छ, यो पनि ठूलो विषय होइन । यो नीति ढुंगाको अक्षर पनि होइन, छलफल गरेर मिलाउन सकिन्छ ।'  

Garima Development Bank
Shivam Cement
IME remit

अर्थमन्त्रीले विद्युतीय सवारीको विषयमा राष्ट्रबैंकले पछिल्लो समय लिएको नीतिमा आफूहरुको कुनै हस्तक्षेप नरहेको समेत दाबी गरे । राष्ट्रबैंक स्वायत्त निकाय भएको र ऊ आफैंले अवस्था मूल्याङ्कन गरेर यस्तो नीति लिएको समेत उनको प्रष्टोक्ति थियो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X