सोमबार, जेष्ठ ४,२०८३ 10:01:07
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:01:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआरएन र बीबीसी चलाएर सेयर बजारमा चलखेल, नियामक भने सधैंको रमिते

Laxmi Sunrise Bank Limited
एनआरएन र बीबीसी चलाएर सेयर बजारमा चलखेल, नियामक भने सधैंको रमिते
Shivam Cement

काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा केही कम्पनी चलाएर तीव्र चलखेख हुन थालेको छ । खासगरि नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड  र विशाल बजार कम्पनीमा विभिन्न हल्ला चलाएर दिनभर चलखेल हुने गरेको छ । यतिबेला एनआरएन कम्पनीको सेयर भाउ कुनै समयमा एनएफएसको जसरी नै उचालिएको छ । प्रतिकित्ता २६ सयसम्म एनएफएसको सेयरमूल्य अहिले घटेर  ७ सय आसपासमा आईपुगेको छ । जसमा लगानीकर्ताहरुले प्रतिकित्ता १९ सय रुपैयाँसम्म घाटा व्यहोरेका छन् ।  

हाल एनआरएन कम्पनीको सेयर भाउ पनि यतिउतिसम्म पुग्छ भन्ने हल्ला चलेको छ । खासगरि नाम चलेको एक ब्रोकरबाट नियामित किनेबेच हुन थाले पछि यो कम्पनीमा लगानीकर्ता झुम्मिएका हुन् । यो कम्पनीमा विदेशी साझेदार र हकप्रदको हल्ला चलाएर मूल्य उचालिएको एक लगानीकर्ता टेकेन्द्र थपलियाले बताए । थपलियाले यस्तो कम्पनीमा सोझा भन्दा पनि लोभि लगानीकर्ता फस्ने गरेको प्रतिक्रिया दिए । उक्त ब्रोकरले किनबेच गरेको भन्दा पनि म्याचिङ गरेर मूल्यको बढाएको पनि थपलियाले आरोप लगाए ।  

Bizshala
New Office
CG Motors

यो कम्पनीको सेयरमूल्य आज प्रतिकित्ता १७१७ रुपैयाँमा अन्तिम काराबार भएको छ । यो कम्पनीको सेयर भाउ पछिल्लोपटक छोटो समयमा नै तीव्र गतिमा बढेको छ । गत कार्तिकमा प्रतिकित्ता ८६० रुपैयाँ रहेको यो कम्पनीको सेयर भाउ ५ महिनाको अवधिमा दोब्बर बढीले बढेर १७ सय १७ पुगेको छ । यो बीचमा कम्पनीको वित्तीय अवस्था खासै प्रगति भएको देखिदैन । हाल कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ८.३७ रुपैयाँ मात्रै रहेको छ । यो भनेको हालको बजार मूल्य अनुसार मूल्य आम्दानी अनुपात २०३ गूणा बढी हो । यो सँगै कम्पनीका वित्तीय आम्दानी नकरात्मक नै रहेको छ । यो कम्पनीको सेयर हाल नासा सेक्यूटिज स्टक ब्रोकर नम्बर ५८ बाट उच्च होल्डिङ  रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

दोस्रो बजारमा कारोबार हुने अर्को कम्पनी विशाल बजार कम्पनी ( बीबीसी)को कथा पनि  कम रोचक छैन । यो कम्पनी नेप्सेमा सबै भन्दा ठूलो पूँजी भएको कम्पनी हो । जसको दोस्रो बाजरमा ४ लाख १८ हजार कित्ता मात्रै रहेको छ । यहि लो क्यापको फाइदा उठाएर सेयर बजारमा हाल तीव्र चलखेल हुँदै आएको छ । पछिल्लो समय बीबीसीको सेयर भाउ  बढेमा बजार नै बढ्ने र घटेमा बजार नै बढ्ने पनि गरेको छ । यो कम्पनीमा पनि चलेखेल नै भएको प्रष्ट भएको लगानीकर्ता सुरज मानान्धर ठोकुवा गर्छन । यो कम्पनीको पनि वित्तीय अवस्था खासै सन्तोषजनक देखिदैन । कम्पनीले वार्षिक साधारण सभा नै नगरेको वर्षौ भयो । तर पनि यो कम्पनीको सेयर मूल्य छोटो समयमा माथि पुराएर चलखेल हुँदै आएको छ । यो कम्पनी पनि नासा सेक्यूरिटिज स्टक ब्रोकर नम्बर ५८ बाट नै उच्च होल्डिङ रहेको छ ।  

यी दुई कम्पनीको सेयरमूल्यमा भएको चलखेलको बारेमा जिज्ञाशा राख्दा धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले यस विषयमा आफूले अनुगमन विभागलाई जानकारी दिने बताए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.