शनिबार, जेष्ठ २,२०८३ 10:51:33
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 10:51:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुनको मूल्यमा आजपनि उछाल, किर्तिमानी उचाई चुम्न सफल

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा आजपनि उछाल, किर्तिमानी उचाई चुम्न सफल
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आजपनि सुनको मूल्यमा उछाल आएको छ । आजको कारोबारमा सुनको मूल्य ४.४० प्रतिशत अर्थात १३५.७० डलरले वृद्धि भएको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार २१८.२४ डलर कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत अप्रिल ३ मा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतिऔंस ३ हजार १६७.५७ डलर पुगेको थियो ।  

डलरको भाउमा आएको गिरावट र चीन र अमेरिकाबीचको बढ्दो व्यापार संकटका कारण सुनको मूल्यमा उछाल आएको हो । विश्व आर्थिक अनिश्चितता र भू–राजनीतिक तनाव जस्ता परिस्थिती सुनको मूल्य उकालो लाग्नका लागि उपयुक्त विषय हुन् ।  

Bizshala
New Office
CG Motors

आज डलर इन्डेक्स पनि १ प्रतिशतले कमजोर बनेको छ । जसका कारण डलरबाहेकका मुद्राधारकहरुलाई सुनको खरिद सस्तो पर्न गएको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार चीनमाथि थप ट्यारिफ लगाउदै १०४ प्रतिशतबाट १४५ प्रतिशत पुर्याएका छन् । जसका कारण यी दुई देशबीचको व्यापार युद्ध थप चर्किको छ । यस्तै बिहिबार प्रकाशित आँकडाअनुसार मार्च महिनाका अपेक्षाविपरित अमेरिकी उपभोक्ता मूल्य घटेको देखिएको छ । तथापी ट्रम्पले चीनमाथि ट्यारिफ दोब्बर बढाएकाले अमेरिकामा मुद्रास्फितीको कालो बादल भने मडारिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सुन विश्लेषकहरुले सुनको उकालो यात्रा जारी रहनेमा भने आशंका प्रकट गरेका छन् । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्न सक्ने सम्भावनका बीच डलर बलियो हुने भएकाले सुनको मूल्य उकालो यात्रामा ब्रेक लाग्ने उनीहरुको तर्क छ । अमेरिकी अर्थतन्त्रको तथ्यांकलाई विश्लेषण गर्दै विज्ञहरुले फेडरल रिजर्भले जुन महिनाका लागि ब्याजदर कटौती गर्न सक्ने आँकलन गरेका छन् । वर्षको अन्त्यसम्म भने शतप्रतिशतले ब्याजदर कटौती हुनेसक्ने उनीहरुको अपेक्षा छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.