मंगलवार, जेष्ठ ५,२०८३ 04:51:53
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:51:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रचण्ड र पूर्वराजाप्रति क्रूद्ध एमाले: सचिवालय बैठकले दियो यस्तो चेतावनी

Laxmi Sunrise Bank Limited
प्रचण्ड र पूर्वराजाप्रति क्रूद्ध एमाले: सचिवालय बैठकले दियो यस्तो चेतावनी
Shivam Cement

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्वत २०८२ मा नयाँ सरकार बन्ने दाबी गरिरहेको बेला एमालेले त्यसको खण्डन गरेको छ ।  

नेपाली कांग्रेससँगको सहकार्यमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको सोमबार ललितपुरस्थित च्यासलमा रहेको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सरकार परिवर्तनको हल्ला सत्य नरहेको दाबी गरेको हो । 

Bizshala
New Office
CG Motors

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष्ँ प्रचण्डले फेरि पनि सरकार परिवर्तनको हल्ला चलाएका र यसमा प्रचण्डको सरकारबाहिर रहनुपर्दाको कुण्ठा बाहेक केही नरहेको आरोप लगाए । 'जसरी उहाँले आधारहीन हल्ला चलाइरहनुभएको छ, यसले उहाँमा सरकारमा नरहँदाको एकखालको कुण्ठा, एक खालको पीडाबोध प्रकट भएको देखिन्छ ।' ज्ञवालीले भने-' हल्ला चलाइएजस्तो अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन । सत्ता परिवर्तनको न त औचित्य छ न सान्दर्भिकता नै ।'  

उनले प्रचण्ड सत्ताभन्दा बाहिर रहनुपर्दा छटपटीमा रहेको र सत्तामोहका कारण सरकार परिवर्तनको हल्ला चलाउँदै हिँडेका समेत दाबी गरे । 'यो सबै प्रचण्डजीको सत्ताप्रतिको आशक्ति मात्र हो । उहाँले भ्रम सिर्जना गर्नेबित्तिकै सरकार परिवर्तन हुँदैन ।' ज्ञवालीले भने-'आजको बैठकले यस्ता हल्लाको खण्डन गरेको छ भने सरकारविरुद्ध हुने षड्यन्त्रहरु चिरेर जानुपर्नेमा जोड दिइएको छ ।' 

Garima Development Bank
Shivam Cement
IME remit

पूर्वराजाको अभिव्यक्तिप्रति आपत्ति

यस्तै, एमालेको च्यासल बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा जारी गरेको सन्देशप्रति आपत्ति प्रकट गरेको छ । तीनकुने घटनामा पूर्वराजालाई जिम्मेवार बनाइनुपर्ने आवाज उठिरहेकै बेला बसेको एमाले बैठकले गरेको निर्णय सुनाउँदे ज्ञवालीले भने-‘हिजोमात्रै पूर्वराजा ज्ञानेन्द्रको सन्देश भनेर जुन अभिव्यक्त आएको छ, त्यो अभिव्यक्ति हेर्दा अझैपनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धीलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौँ। त्यो एकदमै गलत कुरा हो । आपराधिक घटनालाई जनतामा आएको जागरण भन्नुभयो, लुटपाट, तोडफोड त्यस्तै जागरण हो भने त्यो आपत्तिजनक हो ।’

बैठकले गणतन्त्रविरोधी कुनै पनि गतिविधि नगर्न नगराउन पूर्वराजालाई सचेत गराएको छ । गतिविधि जारी राखे त्यो अस्वीकार्य हुने एमालेले पूर्वराजालाई चेतावनी समेत दिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.