आईतवार, असार १,२०८२ 11:19:15
  • आईतवार, असार १,२०८२ 11:19:15
Global IME Bank Limited

प्रभु बैंकको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
प्रभु बैंकको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकले तेस्रो त्रैमाससम्म १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३.५१ प्रतिशतले बढी हो ।    

बैंकको नाफा बढेतापनि खुद ब्याज आम्दानी भने घटेको छ । बैंकले समीक्षा अवधिसम्ममा ७ अर्ब ८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको ८ अर्ब ४३ करोड रुपैयाँको तुलनामा १६.०४ प्रतिशतले कम हो । यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ३३ करोडबाट बढेर १ अर्ब ६५ करोड पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ०.६१ प्रतिशतले घटेर ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।  

२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ३९ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको रिजर्भको आकार १९.८६ प्रतिशतले बढेर १४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।  बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक बनेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससमम १६ करोड ६५ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक रहेको छ।  

बैंकको खराब कर्जा अनुपात ८.६७ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १०.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.५२ गुणा र तरलता अनुपात ३६.८४ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.