प्रभु बैंकका सीईओ र डिसीईओ पक्राउ ,रश्मि पन्त फरार
काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) र नायब प्रमुख कार्यकारी अधिकृतसहितका उच्च पदस्थ कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज केही बेरअघि बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयबाट बैंकका सीईओ अशोक शेरचन ,डिसीईओ मणीराम पोखरेललगातका उच्च पदस्थहरुलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो ।

