आईतवार, असार १,२०८२ 11:05:05
  • आईतवार, असार १,२०८२ 11:05:05
Global IME Bank Limited

लाभांश पारित गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो साधारण सभा

Hyundai Nepal
लाभांश पारित गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले २८ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैकठले उक्त सभा यही वैशाख २८ गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानीमहल ब्याङक्वेटमा बिहान १० बजे आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

यस्तै सभामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.