सोमबार, असार २,२०८२ 07:42:29
  • सोमबार, असार २,२०८२ 07:42:29
Global IME Bank Limited

समृद्धि फाइनान्स ३.५७ करोड घाटामा, वितरणयोग्य मुनाफा ६८.४९ करोड ऋणात्मक

Hyundai Nepal
समृद्धि फाइनान्स ३.५७ करोड घाटामा, वितरणयोग्य मुनाफा ६८.४९ करोड ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । आम्दानीमा केही सुधार आएसँगै समृद्धि फाइनान्स घाटा कम गर्न सफल भएको छ । कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५७ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.५३ प्रतिशतले कम हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ६ करोड ९३ लाख रुपैयाँ घाटामा थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ६४ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको त्ुलनामा ६.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको खुद सञ्चालन आम्दानी ४ करोड ६८ लाख पुगेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी पनि ३६ लाख ८१ हजारबाट बढेर ८५ लाख ७४ हजार पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले कर्मचारीका लागि ४ करोड ८८ लाख र अन्य सञ्चालनका लागि २ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ५२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ४करोड १२ लाख रुपैयाँ छुट्टाएको थियो ।  

कम्पनीको रिटेन्ड अर्निङ ६८ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २८ करोड ५४ लाख रुपैयाँ रहेको छ ।  

यो अवधिमा कम्पनीको निक्षेप संकलन २ अर्ब ४९ करोड र कर्जा प्रवाह १ अर्ब ५९ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको खराब कर्जा अनुपात १७.२३ प्रतिशतबाट घटेर १६.४२ प्रतिशत पुगेको छ ।

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ६८ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)५.८१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ  ५३.६३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८१.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९०.७० गुणा ऋणात्मक र तरलता अनुपात ३७.८९ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.