सोमबार, जेष्ठ ४,२०८३ 07:45:13
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:45:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेले थप्यो वेबसाइटमा ‘सजेसन बक्स’, लगानीकर्ताले दिए उल्टै सेयर किन्ने सल्लाह

Laxmi Sunrise Bank Limited
नेप्सेले थप्यो वेबसाइटमा ‘सजेसन बक्स’, लगानीकर्ताले दिए उल्टै सेयर किन्ने सल्लाह
Shivam Cement

काठमाण्डौ । नेप्सेमा नयाँ प्रमुख कार्यकारी अधिकृत आएसँगै नेप्सेको वेबसाइटमा आम सर्वसाधारणले गुनासो तथा सल्लाह सुझाव दिनसक्ने गरी ‘सजेसन बक्स’को व्यवस्था गरिएको छ ।  

नेप्सेले आफ्नो सेवामा सुधार गर्न चाल्नुपर्ने कदमहरुबारे आम सर्वसाधारणबाट सल्लाह सुझाव माग गरेको छ । नेप्सेको वेबसाइटमा आइतबारदेखि यस्तो फिचर राखिएको हो । जसमा सर्वसाधारणले नेप्सेका ३ वटा सबल पक्ष र तीनवटा सल्लाह सुझाव बुँदागत रुपमा पेश गर्नु पर्ने हुन्छ । यसका लागि नेप्सेले बेग्ला–बेग्लै कोलमको व्यवस्था गरेको छ ।  

सर्वसाधारणले आफ्नो नाम, इमेल आईडी, ठेगाना र टेलिफोन नम्बर समेत उपलब्ध गराउनु पर्नेछ ।  

Bizshala
New Office
CG Motors

यहाँ क्लिक गरेर देश तथा विदेशमा बस्ने सबै नेपालीले सेयर बजारसम्बन्धी सुझाव तथा गुनासो अनलाइनबाट नै गर्न सक्नेछन् । यस साताबाट सूरुवात गरिएको यस्तो फिचरमा हालसम्म जम्मा ११ वटा सुझाब आएको नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले जानकारी दिए ।  

यसरी आएका सुझावमा २ वटा नेप्सेले गर्नु पर्ने कामका बारेमा र बाँकी भने लगानीकर्ताहरुले ठट्यौलि पाराका सुझाव दिएका छन् । जसमा अझै अनौठो के छ भने लगानीकर्ताहरुले नेप्सेलाई नै केही कम्पनीको नाम नै तोकेर सेयर किन्न सुझाव दिएका छन् । सार्वजनिक रुपमा कसैलाई पनि सेयर किन्न तथा बेच्न सुझाव दिन धितोपत्र एनले नै बर्जित गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

धितोपत्र बोर्ड तथा नेप्सेका कुनै पनि कर्मचारीलाई समेत दोस्रो बजारबाट सेयर किन्न बर्जित गरिएको छ । तर लगानीकर्ताहरुले भने नेप्सेलाई नै सेयर किन्न सुझाव दिएको प्रवक्ता पराजुलीले बताए । ‘हामीले केही रचनात्मक सुझावको अपेक्षा गरेर सुझाव मागेका हौं । यस्ता रचनात्मक सुझावलाई बिश्लेषण गरेर कार्यन्वयन पनि गरिनेछ,’ उनले भने ।  

उनले लगानीकर्ताबाट हलुका र सतही भन्दा पनि गहन सुझावको प्रतिक्षामा रहेको समेत बताए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.