सोमबार, जेष्ठ ४,२०८३ 07:11:31
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:11:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुकेश अम्बानीका कान्छा छोरा अनन्त बने रिलायन्स इन्डस्ट्रिजको कार्यकारी निर्देशक

Laxmi Sunrise Bank Limited
मुकेश अम्बानीका कान्छा छोरा अनन्त बने रिलायन्स इन्डस्ट्रिजको कार्यकारी निर्देशक
Shivam Cement

काठमाण्डौ । मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी रिलायन्स इन्डस्ट्रिजको कार्यकारी निर्देशक नियुक्त भएका छन्। अनन्तले मे १ देखि ५ वर्षसम्म यो पद सम्हाल्नेछन्। उनी २०२३ देखि कम्पनीमा उप–कार्यकारी निर्देशक छन्।  

रिलायन्सको सञ्चालक समितिको अप्रिल २५ मा बसेको बैठकले मानव संसाधन, नामांकन र पारिश्रमिक समितिको सिफारिसलाई आधार मानि उप–कार्यकारी निर्देशक अनन्त एम. अम्बानीलाई पूर्णकालीन कार्यकारी निर्देशकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

अनन्तलाई अगस्ट २०२२ मा कम्पनीको ऊर्जा कमाण्ड सुम्पिएको थियो। यस बाहेक, अनन्त मार्च २०२० देखि जियो प्लेटफर्म लिमिटेड, मे २०२२ देखि रिलायन्स रिटेल भेन्चर्स लिमिटेड र जून २०२१ देखि रिलायन्स न्यू एनर्जी लिमिटेडका साथै रिलायन्स सोलार एनर्जी लिमिटेडका बोर्ड सदस्यका रुपमा कार्यरत छन् । उनी सेप्टेम्बर २०२२ देखि रिलायन्सको परोपकारी शाखा, रिलायन्स फाउन्डेसनको बोर्डमा पनि छन्।

Garima Development Bank
Shivam Cement
IME remit

बढ्दो उमेरसँगै, मुकेश अम्बानीले आफ्नो व्यापार साम्राज्य अर्को पुस्तालाई हस्तान्तरण गर्ने योजनामा ​​विगत धेरै वर्षदेखि काम गरिरहेका छन्। २८ डिसेम्बर २०२३ मा आफ्ना बुबा धीरुभाईको जन्मदिनमा मुकेश अम्बानीले भनेका थिए, ‘रिलायन्सको भविष्य आकाश, ईशा, अनन्त र उनीहरुको पुस्ताको हो । मलाई कुनै शंका छैन कि उनीहरूले जीवनमा धेरै उपलब्धि हासिल गर्नेछन् र मेरो पुस्ताका मानिसहरू भन्दा रिलायन्समा धेरै उपलब्धिहरू ल्याउनेछन्।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.