बुधबार, असार १८,२०८२ 11:19:08
  • बुधबार, असार १८,२०८२ 11:19:08
Global IME Bank Limited

भत्कियो सत्ता गठबन्धनः मन्त्रीमण्डल पुनर्गठन आजै, अर्थमन्त्रीमा को ?

Hyundai Nepal
भत्कियो सत्ता गठबन्धनः मन्त्रीमण्डल पुनर्गठन आजै, अर्थमन्त्रीमा को ?
Nabil Bank Limited

काठमाण्डौ । अन्ततः कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन भत्किएको छ ।  

योसँगै एमाले र माओवादीसहितको नयाँ सत्ता गठबन्धन बन्ने पक्का भएको छ ।  

हिजो बिहानदेखि चलिरहेको दौडधूप र छलफलले राति अबेर नयाँ समीकरण बनाउने सहमति गरेको थियो । सोहीअनुसार आजै सत्ता गठबन्धन टुट्ने र सानो आकारको मन्त्रीमण्डल बन्ने भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार नयाँ सत्ता समीकरण बनाउने सहमतिसँगै आजै सानो आकारको मन्त्रीमण्डल बन्नेछ ।

स्रोतका अनुसार एमालेबाट पदम गिरीले आज मन्त्रीको रुपमा सपथ लिनेछन् । माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादवले मन्त्रीको सपथ लिने सम्भावना छ ।

आज सपथ लिनेले विनाविभागीय मन्त्रीको रुपमा सरकारमा जानेछन् । दलहरुबीच मन्त्रालय बाँडफाँडको भने टुंगो लागिनसकेको स्रोतको भनाई छ ।  

तर, रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री, वर्षमान पुन उपप्रधानसहित अर्थमन्त्री, उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्र मन्त्री बन्ने सम्भावना छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.