बुधबार, जेष्ठ ६,२०८३ 04:41:24
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:41:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघको अध्यक्षमा शर्मा

Laxmi Sunrise Bank Limited
नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघको अध्यक्षमा शर्मा
Shivam Cement

काठमाण्डौ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । बिहीबार काठमाण्डौमा सम्पन्न छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद र महासचिवमा मेजर शमशेर कुवर महेश निर्वाचित भएका छन् । उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुवर, कोषाध्यक्षमा खिन्त बहादुर भण्डारी (भरत) र सहकोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् ।

त्यसैगरी, बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदुर पश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित भएका छन् ।

Bizshala
New Office
CG Motors

त्यस्तै कार्यसमिति सदस्यहरुमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह बठैला, भीमसेन क्षेत्री (भिम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दिपक पाण्डे, खड्गबहादुर कार्की, निलबहादुर श्रेष्ठ, पंकज अधिकारी, रामचन्द्र प्रधनाङग, अरुण शर्मा, संजिव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश  गौतम, संजिव कार्की र लक्ष्मण बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । निबर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ पदेन सदस्य हुनेछन् ।

नवनिर्वाचित अध्यक्ष शर्माले महासंघलाई देशभर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पद तथा गोपनियताका सपथ ग्रहणसँगै उनले आफ्ने प्रतिबद्धता व्यक्त गर्दै देशभरका हेभी इक्विपमेन्ट व्यवसायीलाई महासंघको छातामा समेट्ने बताए । ‘हेभी इक्विपमेन्ट व्यवसायीहरुको हकहितमा निरन्तर काम गर्नेछौं,’ उनले भने, ‘हामी कार्यतालिका बनाएर कार्यक्रमहरु अगाडि बढाउनेछौं ।’

यस अगाडि महाधिवेशनको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले हेभी इक्विपमेन्टकै माध्यमबाट विकास निर्माणको काम हुने बताउँदै हेभी इक्विपमेन्ट व्यवसायीहरुको हितमा काम गर्न सरकार तयार रहेको बताए । आर्थिक मन्दीको मार सबै क्षेत्रमा परेजस्तै निर्माण क्षेत्रमा पनि परेको बताउँदै क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गरे ।

Garima Development Bank
Shivam Cement
IME remit

प्रेमलाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार तथा अग्रज निर्माण व्यवसायी रमेश शर्माले विकासमा सरकारको गलत नीति रहेको बताउदै सुधार गर्न सुझाव दिए ।  

कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज), निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, पेट्रोलियम डिलर एसोसिएसन महासंघका महासचिव विश्वप्रसाद अर्याल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष ताराबहादुर कुवँर लगायतले बोलेका थिए । महासंघका अध्यक्ष प्रेम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा, महासचिव सुरेश खत्रीले महासंघका गतिविधिहरुका बारेमा धारणा राखेका थिए । कार्यक्रमको उद्घाटनका अवसरमा चित्रकारहरुसहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X