काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरी दिगो बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
साथै स्वास्थ्य सम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने समेत पौडेलले बताए।
त्यस्तै, आगामी आवमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन स्वास्थ्य प्रदायक, चिकित्सक, स्वास्थ्य जनशक्ति र सेवाग्राहीबीचको असन्तुलन हटाउने जनाएको छ ।