काठमाण्डौ । सरकारले युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
‘सबै उद्यममा बिजनेस प्लान र त्यसको इकोसिस्टम निश्चित गरी जेन–जी पुस्तालाई विशेष प्राथमिकतामा राखि युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गरिनेछ,।’ उनले भने ।