काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब ६३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार भएका टप १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद माग भएको छ भने ६ वटाबाट भने उच्च बिक्री भएको छ ।
उच्च सेयर खरिद भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्नेमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकर कम्पनीबाट ९३ करोड ६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९।७८ प्रतिशत सेयर खरिद भएको छ भने ५०.२४ प्रतिशत सेयर बिक्री भएको छ ।
