काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड १७ लाख घाटामा रहेको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत २४ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीले ३ लाख ५७ हजार अन्य आम्दानी र १६ लाख ४५ हजार वित्त आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक र अन्य सञ्चालन खर्च ९ करोड ६५ लाख र वित्त खर्च १३ करोड १७ लाख रुपैयाँबराबर रहेको छ ।
१ अर्ब चुक्तापूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यो अवधिमा कम्पनीले अन्य रिजर्भमा ११ लाख ८६ हजार रुपैयाँ सञ्चित गरेको छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति २२ करोड ८२ लाख र कुल चालु दायित्व ९ करोड ९० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.९० रुपैयाँ , प्रतिसेयर नेटवर्थ ९२.०२ रुपैयाँ र तरलता अनुपात २.३१ प्रतिशत कायम भएको छ ।