काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२०९.४५ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २५ लाख ७२ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.९४ प्रतिशतले कम हो । यो अवधिमा कम्पनीको अन्य आम्दानी भने बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ११ लाख ४० हजार रुपैयाँ रहेको अन्य आम्दानी बढेर ९९ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
यस्तै कम्पनीले १ करोड ११ लाख रुपैयाँबराबरको वित्त आम्दानी समेत गरेको छ ।
कम्पनीको प्रशासनिक तथा साधारण खर्च १ करोड ३ लाख , वित्त खर्च ६ करोड १० लाख र हा्रसकट्टी खर्च २ करोड ३ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ८३ करोड ४१ लाख र कुल चालु दायित्व १६ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ, मूल्य आम्दानी अनुपात ८९ गुणा र तरलता अनुपात ५.०४ प्रतिशत कायम भएको छ ।