शनिबार, जेष्ठ २,२०८३ 08:10:21
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 08:10:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अबको १० वर्षमा आईफोनको आवश्यकता अन्त्य हुने !

Laxmi Sunrise Bank Limited
अबको १० वर्षमा आईफोनको आवश्यकता अन्त्य हुने !
Shivam Cement

काठमाण्डौ । हाल एआईले अधिकांश क्षेत्रमा आफ्नो पहुँच विस्तार गरिसकेको छ । यसका साथै आगामी दिनमा पनि यसको विस्तार बढ्ने निश्चित छ । स्मार्टफोन ब्राण्डहरुले पनि आफ्नो ह्याण्डसेटहरुमाम एआई फिचर्स उपलब्ध गराईरहेका छन् र यसलाई अझै परिष्कृत बनाउदै लगिरहेका छन् ।  

विज्ञहरुले भविष्य यस्तो पनि दिन आउने अपेक्षा गरेका छन्, जुनबेला स्मार्टफोनको आवश्कयता लगभग अन्त्य हुनेछ । यो कुरा अरु कसैले नभई आईफोन निर्माता कम्पनी एप्पलका वरिष्ठ उपाध्यक्ष एडी क्युले बताएका हुन् । उनले अमेरिकामा गूगलमाथि चलिरहेको मुद्दाबारे बोल्दै यस्तो बताएका हुन् ।

Bizshala
New Office
CG Motors

एडीले आगामी एक दशकभित्र एआईले आईफोनलाई टेकओभर गर्ने सम्भावना उच्च रहेको बताए । एप्पलको कुनैपनि वरिष्ठ अधिकारीले यस्तो सम्भावनालाई स्वीकारेको यो पहिलोपटक हो ।  

यस्तै उनले अबको १० वर्षमा आईफोनको आवश्यकता नै नपर्न समेत सक्ने बताए । उनको यस्तो भनाईले एआईले प्रविधिलाई कुन गतिमा अपनाईरहेको र अपग्रेड गरिरहेको छ भन्ने जनाएको विज्ञहरुले बताएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

एडीले एप्पलका लागि आईफोन महत्वपूर्ण प्रडक्ट भएको समेत बताए । यसले कम्पनीलाई आम्दानी गर्न सहयोग पुर्याईरहेको उनले बताए । यस्तोमा कम्पनीले आईफोनको उपादेयिता कायम राख्न हरसम्भव प्रयास गरिरहेको समेत उनले बताए । कम्पनीले आईफोनमा एप्पल इन्टिलिजेन्सको सपोर्ट दिईसकेको छ र आगामी दिनमा पनि यसका अन्य फिचर्स पनि दिदै जाने जनाएको छ ।  

कम्पनीले यतिबेला विभिन्न प्रडक्टहरुमाथि काम गरिरहेको छ । रिपोर्टका अनुसार कम्पनीले आगामी वर्ष आईफोन फोल्ड लञ्च गर्ने तयारी गरेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.