सोमबार, असार २,२०८२ 01:59:14
  • सोमबार, असार २,२०८२ 01:59:14
Global IME Bank Limited

अघिल्लो आवमा घाटामा रहेको बरुण हाईड्रोपावरले कमायो ३६.७८ लाख नाफा

Hyundai Nepal
अघिल्लो आवमा घाटामा रहेको बरुण हाईड्रोपावरले कमायो ३६.७८ लाख नाफा
Nabil Bank Limited

काठमाण्डौ । जलविद्युत आयोजनाबाट पुनःविद्युत उत्पादन सुरु भएसँगै बरुण हाईड्रोपावर इलेक्ट्रिक कम्पनी लिमिटेड नाफामा गएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३५ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ४ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।  

यस त्रैमासिकसम्म कम्पनीको हेवाखोला जलविद्युत आयोजना सञ्चालन भईसकेको अवस्थामा छ । कम्पनीको हेवाखोला साना जलविद्युत आयोजना स्थल २०८१ असार २ गतेको बाढीले पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत ७ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको गैर सञ्चालन आम्दानी १ करोड ५ लाख रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयर प्रिमियम(हकप्रद) शीर्षक अन्तर्गत ४ करोड ३७ लाख रुपैयाँ सञ्चित गरेको छ । यस्तै कम्पनीको रिटेन्ड अर्निङ २ करोड ५३ लाख रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति १० करोड ६३ लाख र कुल चालु दायित्व ३ करोड ७२ लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.५९ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ११२.९० रुपैयाँ,मूल्य आम्दानी अनुपात ४६२.७२ गुणा र तरलता अनुपात २.८६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.