काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट पूर्व स्वीकृतीका लागि आवेदन दिने निर्णय गरेको छ ।
वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कम्पनीका लगानीकर्तालाई मुनाफा वितरण गर्न बैंक कर्जा घटाउनु पर्ने अवस्था रहेकाले बैंकको कर्जा चुक्ता गर्ने प्रयोजनका लागि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।