शुक्रबार, असार १९,२०८३ 07:41:22
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 07:41:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्तामा होटल समूहको चर्चा, भन्छन्, ‘गभर्नरको विषयले गिजोलियो सेयर बजार’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्तामा होटल समूहको चर्चा, भन्छन्, ‘गभर्नरको विषयले गिजोलियो सेयर बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन पस्किदै आएको नियमित स्तम्भ ग्राउण्ड जिरोलाई आज पनि निरन्तर दिएका छौ । यस क्रममा आज हामी पुतलीसडक आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।

आज राजधानीको मौसम निकै तात्तिएको थियो भने ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति पनि ठीकै रहेको थियो । हामीले प्राइमो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १६) बाट ग्राउण्ड जिरोको सुरुवात गर्यौ । यहाँ लगानीकर्ताहरुको उपस्थिति ठीकै देखिन्थ्यो । आज बिहानको पहिलो प्रहरमा बजार सकारात्मक नै थियो । यहाँ भेटिएका केही लगानीकर्ताहरुले होटल्स सेक्टरको चर्चा गर्दै थिए भने केहीले अझै पनि हाइड्रोमा नै चमक आउने तर्क गर्दै थिए । यहाँ भेटिएका लगानीकर्ताहरुले तेह्रथुम पावर , लिबर्टी इनर्जी कम्पनी जस्ता कम्पनीको चर्चा गर्दै थिए भने कोही सोल्टी होट्ल्सको चर्चा गर्दै थिए ।  

केही समयको बसाइ पछि हामी पुतलीसडकमा नै रहेको अनलाइन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४९) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति ठीकै थियो । यहाँ भेटिएका एक लगानीकर्ताले आज जलविद्युत कम्पनी घटेको र होटल्स समूह चम्केको प्रतिकृया दिए । उनले थप्दै भने, ‘अब फाइनान्स समूह पनि चल्छ होला । मैले त गूडवील फाइनान्स किनेको छु । १२ सयसम्म पुगेको अहिले त आधानै घटेको छ ।’ उनले आज  एचआइडिसिएलको रिपोर्ट खासै राम्रो नआएको भन्दै ब्रोकरलाई बेच्न आदेश पनि दिए । बजारमा बिस्तारै बिक्री दबाब पर्दै थियो । ब्रोकर हाउसमा केही नयाँ लगानीकर्ता पनि आँउदै थिए भने बजार घट्न थाले पछि पुराना लगानीकर्ता भने उठेर हिंड्दै थिए ।

यहाँबाट हामी श्वेता सेक्यूरिटिज (स्टक ब्रोकर  नम्बर २५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अझै पनि सिएचडीसी बढ्ने तर्क गरे । उनी सँगै बसेका लगानीकर्ताले सोधे, ‘होइन एनआरएन के हुन्छ ?’ उनको जबाफ एक लगानीकर्ताले यसरी दिए, ‘एउटा  ठूलो ब्रोकर राधी हाइड्रो तर्फ लागेको छ । राधीबाट निस्केपछि बढ्ला एनआरएन पनि ।’

New Office
CG Motors
Garima Development Bank

यसै ब्रोकरमा भेटिएका केही लगानीकर्ताले खेतान समूह सोल्टी होटल्स तिर लागेको चर्चा गरे । केहीले भने अब खेलाडी हाइड्रो सेक्टरबाट होटल्स सेक्टरमा लागेको तर्क गरे ।  

यस बेलासम्म दिनको १ बजिसकेको थियो । यहाँबाट हामी प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । केही भने मध्यान्नको गर्मी र घट्दो बजारका कारण हाइ काढ्दै बजार हेर्दै बसेका थिए । यतिकैमा एक लगानीकर्ताले भने, ‘भोलीको बिदा र गभर्नरको किचलोले बजार बढ्नै सकेन ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ब्रोकर हाउसमा यस्तै गलफिति चल्दै थिए । यहाँबाट हामी सेक्र्योर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा पूग्यौं । यहाँ पनि केही लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । यतिकैमा एक लगानीकर्ताले नेपाल रि इन्स्योरेन्सको मार्केट डेप्थ हेर्दै भने, ‘होइन हो ! साथीहरु यो कम्पनीको सेयरमा केही समय अघि १ लाख कित्ता माग थियो । अहिले त भागेको छ ।’

उनी सँगै बसेका एक लगानीकर्ताले बजारमा कम्पनी चल्न पनि माहोल चाहिने बताए । ‘पूँजीबजार सकारात्मक सेन्टिमेन्टले चल्ने हो । सोमबार बिदा परेकाले गभर्नरको टुङ्गो पनि लागेन । अन्तराष्ट्रिय माहोल पनि त्यति राम्रो देखिदैन । यही भएर बजार माथी जान सकेन ।’

ब्रोकर हाउसमा यस्तै गफ चल्दै थिए । आज २ बजे पछि बजारमा केही बिक्री दबाब परेका कारण लगानीकर्ता अन्यौलमा देखिन्थे ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.