काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको घाटामा ३३.२३ प्रतिशतको कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ८९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले खुद घाटा ५ करोड ८२ लाख रुपैयाँ थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २३ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.४४ प्रतिशतले कम हो ।
कम्पनीको प्रशासनिक खर्च १ करोड ९५ लाख रुपैयाँ , विद्युत उत्पादन खर्च २ करोड ३१ लाख र वित्तीय खर्च पनि १४ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ३४ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको कुल चालु सम्पत्ति २७ करोड ७२ लाख र कुल चालु दायित्व ६० करोड ३२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.९२ रुपैयाँले ऋणात्मक ,प्रतिसेयर नेटवर्थ ८२.६० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९९.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ७३.९३ गुणा र तरलता अनुपात ०.४६ प्रतिशत कायम भएको छ ।