काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । विद्युत बिक्री आम्दानीमा उछाल आएतापनि खर्च नियन्त्रण गर्न नसक्दा कम्पनी चालुको तेस्रो त्रैमाससम्म घाटामा गएको हो ।
कम्पनी यो अवधिसम्म २ करोड ९५ लाख रुपैयाँ घाटा व्यहोर्न बाध्य बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ८ लाख बढी मुनाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ९९०६.२३ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १९ करोड २६ लाख आर्जन गरेको छ । यस्तै कम्पनीले २ लाख ५८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
यो अवधिमा कम्पनीको प्रशासनिक खर्च १० लाखबाट बढेर ३ करोड ३१ लाख, ह्रासकट्टी खर्च १ लाख २५ हजारबाट बढेर ६ करोड २२ लाख र वित्त खर्च ८ लाखबाट बढेर १० करोड ६ लाख पुगेको छ ।
६ण् करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १३ करोड १७ लाख र कुल चालु दायित्व ५७ करोड ६१ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.५७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८९.९१ रुपैयाँ, पीई रेसियो १००.८७ गुणा ऋणात्मक र तरलता अनुपात ०.२३ प्रतिशत कायम भएको छ ।