काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ३२ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको यो घाटा अघिल्लो आवको तुलनामा २१.६५ प्रतिशतले बढी हो ।
अघिललो आवको सोहि अवधिसम्म कम्पनी २६ करोड ८५ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानीमा कमी आएको छ । कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ५९ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत ६९ करोड ९० लाख आर्जन गरेको थियो ।
यस्तै कम्पनीले ११ लाख २८ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ । कम्पनीको प्रशासनिक खर्च ३ करोड ८३ लाख र वित्त खर्च ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भको आकार ८६ करोड ८ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको अल्पकालिन कर्जा २७ लाख ५० हजार र दीर्घकालिन कर्जा ५ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १५.९८ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ७६.४५ रुपैयाँ कायम भएको छ ।