मंगलवार, जेष्ठ ५,२०८३ 02:17:32
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:17:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ब्रोकरहरुका आईटी कर्मचारीका लागि तालिम आयोजना गर्दै नेप्से, नपठाउनेलाई कारबाही गर्ने

Laxmi Sunrise Bank Limited
ब्रोकरहरुका आईटी कर्मचारीका लागि तालिम आयोजना गर्दै नेप्से, नपठाउनेलाई कारबाही गर्ने
Shivam Cement

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जले धितापत्र दलाल कम्पनीहरुका आईटी कर्मचारीहरुलाई तालिम प्रदान गर्ने भएको छ । नेप्सेस्थित स्रोतले दिएको जानकारी अनुसार यहि जेठ ९ गते शुक्रबार सबै ब्रोकर कम्पनीहरुका आईटी कर्मचारीहरुलाई तालिमका लागि बोलाइने भएको हो । 

स्रोतका अनुसार यसको पहिलो उद्देश्य भनेको ब्रोकरका आईटी कर्मचारीहरुलाई चुस्त दुरुस्त राख्नु हो । दोस्रो भनेको हाल हरेक ब्रोकरहरुले नियामवलीमा ब्यबस्था भए अनुसार २ जना आईटी कर्मचारी राखे वा नराखेको परिक्षण गर्नु पनि हो । नियामवलीमा सबै ब्रोकरहरुले २ जना आईटी कर्मचारी राख्नु पर्ने ब्यबस्था छ । तर सबै ब्रोकरहरुले २ जना कर्मचारी नै राखेका छन वा ब्रोकरहरुले कागजमा मात्रै नेप्सेलाई नाम पठाएका हुन् भन्ने एकिन गर्न नेप्सेले तालिमको आयोजना गर्न लागेको देखन्छ ।  

Bizshala
New Office
CG Motors

यस अघि सबै ब्रोकरहरुलाई नेप्सेले २ जना आईटी कर्मचारीको नाम मागेको थियो । जसमा ३ ब्रोकरहरुले आउट सोर्सिङ गरेका थिए भने बाँकी सबैले नाम पठाएका थिए । अब नेप्सेले पठाएको कर्मचारीहरुको नाम, पद, शैक्षिक योग्यता , अनुभव र काम गरेको ब्रोकर समेतको पूर्ण बिबारण सहित तालिममा बोलाउने छ । तालिममा नपठाउने ब्रोकरहरुलाई नेप्सेले कारबाही पनि गर्ने भएको छ । यसमा कम्प्युटर साइन्स र आईटी इन्जिनियर नै गरेको कर्मचारी आबश्यक हुनपर्ने नेप्से स्रोतले जानकारी दियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

पछिल्लोपटक नेप्से, ब्रोकर कम्पनीहरु प्रति केही कठोर बनेको देखिन्छ । केही ब्रोकरहरुले भने घुमाउरो पाराले हरेक ब्रोकरहरुमा २ जना आइटी कर्मचारी आवश्यक नभएको पनि बताउँदै आएका छन् । तर नेप्सेले भने बजारमा उच्च मागको अबस्थामा ब्रोकरहरुको टीएमएसमा समस्या आँउदा नेप्सेले गाली खानु परेको भन्दै आईटीमा कडाइ गर्न थालेको हो । यो संगै उपत्यका तथा बाहिरका सबै ब्रोकरहरुमा नेप्सेले छड्के पनि गर्दै जाने नेप्से स्रोतले जानकारी दियो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.