आईतवार, जेष्ठ ३,२०८३ 10:37:48
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:37:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘३२ सयको विन्दुदेखि फसेको फस्यै भईयो, गभर्नर नआएसम्म बजार यस्तै ’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘३२ सयको विन्दुदेखि फसेको फस्यै भईयो, गभर्नर नआएसम्म बजार यस्तै ’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी राजधानीका ज्ञानेश्वर र कमलादी आसपासका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं ।  

आज हामी सबै भन्दा पहिले ज्ञानेश्वरस्थित सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । हामी यहाँ पुग्दा लगानीकर्ताहरु आउने क्रम जारी थियो भने केही भने पहिले नै ब्रोकर हाउसमा उपस्थित भईसकेका थिए । बजार आफ्नै गतिमा अघि बढिरहेको थियो । लगानीकर्ता आ–आफ्नै सुरमा थिए । यतिकैमा केही महिला  लगानीकर्ताहरु ‘नमस्तै है ! साथीहरु’ भन्दै ब्रोकर हाउसमा छिरे । ती महिला लगानीकर्ताहरुलाई जवाफ फर्काउँदै पहिले नै पुगेका एक पुरुष लगानीकर्ताले भने, ‘आज त ११ नबज्दै आउनु भयो । बजारमा केही हुन्छ कि जस्तो छ ।’ ती महिला लगानीकर्ताहरुले भने, ‘के हुँनु संधै फसेको फस्यै छ । सधैं ब्रोकर आउने जाने काम मात्रै भएको छ ।’

Bizshala
New Office
CG Motors

यसै ब्रोकरमा एक नयाँ युवा लगानीकर्ता पनि भेटिए । भर्खर प्लस टुको परिक्षा सकेर फुर्सदमा सेयर बजार अएका ति लगानीकर्ताले आफूलाई क्रेष्ट माइक्रोको १० कित्ता आईपीओ परेको अनुभव साटे । उनले भने, ‘अब यो कम्पनीको सेयर बेचेर मोबाइल किन्नु पर्ला । बिस्तारै दोस्रो बजारमा पनि सेयर किन्ने बिचार गरेको के किन्ने हो ?’ उनीसँगै बसेका लगानीकर्ता जवाफ दिए, ‘बिचार गरेर पस्नु है ! यो बजारमा । हामी त कोभिडदेखि सेयर बजार पसेको फसेको फस्यै भयौं ।’

उनी सँगै बसेका एक लगानीर्ताल भने, ‘कहिले बढ्ने होला फेरि त्यसरी यो बजार ? हामीलाई फसाउन मात्रै बढेको रहेछ,’ उनले टाउकोमा हात राख्दै भने, ‘अब बढोस् न मात्रै हामीले पनि जानेका छौं । कहाँ गए होलान् ती हामीलाई ३२ सयमा फसाउनेहरु ?’ उनी सँगै बसेकी एक महिला लगानीकर्ताले भनिन् ‘कही गएका छैनन् । ती पनि यही बजारमा फसेर नै बसेका छन् । ब्रोकर हाउसमा यस्तै गफगाफ चल्दै थिए । मध्यान्नको १२ बज्दै थियो । बजार सामान्य अंकले तलमाथि गर्दै थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

यहाँबाट हामी नजिकै रहेको क्यापिटल म्याक्स सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६२) मा पुग्यौं । यहाँ पनि केही लगानीकर्ताहरु बजार हेर्न मस्त देखिन्थे । यतिकैमा एक लगानीकर्ताले अब लघुबित्त कम्पनी बढ्ने भनेको सुनियो । अर्का एक लगानीकर्ताले भने नेपाल रि–इन्स्योरेन्सको सेयरमा फेरि चमक आएको तर्क गर्दै थिए ।  

यहाँबाट हामी चारखालमा नै रहेको श्रीकृष्ण सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर २८) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु बजार हेर्नमा मस्त देखिन्थे । केहीले भने सरकारले गभर्नर समयमा नियुक्ति गर्न नसेको भन्दै असन्तुष्टि पोखे । यसै ब्रोकरमा केही लगानीकर्ताहरुले हिमालयन रि इन्स्योरेन्स र नेपाल  ,पुनर्बीमाको चर्चा पनि गरे । यसबेलासम्म दिनको १ बजिसकेको थियो ।  

आज मध्यान्हमा राजधानीमा केही हल्का वर्षा पनि हुँदै थियो । यतिकैमा हामी कमलादीमा रहेको क्रियटिभ सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४०) म पुग्यौ । बजार सामान्य अंकले तल–माथि गर्दै थियो । केही लगानीकर्ताहरु मस्त निन्द्रामा देखिन्थे भने केही बजार हेर्न ब्यस्त थिए । ‘अब बजार, बजेट नआउँदा र गभर्नर नियुक्ति नहुँदासम्म यस्तै हो । अहिले सेयर किन्न पनि सकिन्न भएको बेच्न पनि सकिन्न,’ एक लगानीकर्ताले बोलेको सुनियो ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.