काठमाण्डौ । कनेक्ट आईपीएसले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसबाट जीवन बीमा प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आईपीएसको साथ’अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत कनेक्ट आईपीएसबाट जीवन बीमा कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकमबराबर वा अधिकतम रु २० हजारसम्म रकम फिर्ता पाउन सक्नेछन् ।
लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हप्ता सकिए पश्चात तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछी कनेक्ट आईपीएसको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ ।
कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा बीमा कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको जीवन बीमाको प्रिमियम भुक्तानीमा उक्त अफर लागू हुनेछ । उक्त प्रणाली मार्फत सबै जीवन र केहि लघु जीवन गरी १७ वटा कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।