काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब ३५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युुरिटिज, भिजन सेक्युुरिटिज, भृकुटि स्टक ब्रोकिङ कम्पनी, सनि सेक्युुरिटिज, अग्रवाल सेक्युुरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज रहेको छ ।
त्यस्तै, उच्च बिक्री भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युुरिटिज, अनलाइन सेक्युुरिटिज, श्रीहरि सेक्युुरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा इम्पेरियल सेक्युुरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज १ अर्ब २ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.७० प्रतिशत सेयर खरिद भएको छ भने ५०.३० प्रतिशत सेयर भने बिक्री भएको छ ।
