शनिबार, जेष्ठ २,२०८३ 02:28:19
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 02:28:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा

Laxmi Sunrise Bank Limited
बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा
Shivam Cement

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बेलायतको सार्वजनिक स्वास्थ्य तथा रोकथाम उप मन्त्री एस्ले डाल्टनसँग भेटवार्ता गरेका छन् । जेनेभास्थित विश्व स्वास्थ्य सम्मेलनका क्रममा भएको भेटका क्रममा मन्त्री पौडेलले नेपालको स्वस्थ्य क्षेत्रमा पुर्याएको सहयोगका लागि बेलायत सरकारलाई आभार प्रकट गरे । मन्त्री पौडेलले आधारभूत स्वास्थ्य सेवा सुदृढ पार्नका लागि बेलायत सरकारसँग सहकार्यका क्षेत्रबारे कुराकानी गरे ।

साथै, अस्पताल सेवा सुधारका लागि समेत मन्त्री पौडेलले बेलायतसँग सहकार्यको प्रस्ताव गरे ।

Bizshala
New Office
CG Motors

बेलायती उपमन्त्री डाल्टनले नेपालको स्वास्थ्य सुधारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको प्रयासको प्रशंशा गरिन् । यसैगरी, नेपाल र बेलायतबीचको लामो मित्रताको चर्चा गर्दै थप सहकार्य वृद्धि हुने अपेक्षा गरिन् ।

मन्त्री पौडेलले सम्मेलनका क्रममा विभिन्न देश तथा संस्थाका स्वास्थ्य अधिकारीहरुसँग कुराकानी गर्दै नेपालको स्वास्थ्य सेवा सुधारमा सहकार्यको प्रस्ताव गरे । उनले भारतकी स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवसँग समेत नेपाल भारतको स्वास्थ्य सहकार्यका विविध आयामबारे चर्चा गरेका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

मन्त्री पौडेलले विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँग समेत बसाइका क्रममा स्वास्थ्य सेवा सुधारका लागि सहकार्यबारे कुराकानी गर्ने उनको सचिवालयले जनाएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.